रोकिएन दुर्घटना, सुनकोशी नदीमा बस खस्यो
Sunday, December 18th, 2016, 5:50 pm
amit
काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप आइतबार दिउँसो रत्नावती गाविस–३, मध्यपहाडी लोकमार्गको सोखुखोला नजिकबाट सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३ महिलासहित ७ जना रहेका छन् । बा १२ च ८८९७ नं को स्कारपियो जीप लोकमार्गबाट करिब दुई सय मिटर तल सुनकोसी नदीमा खसेको थियो ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टिؘ–७ का ५० वर्षीय साङदोर्जे शेर्पा, ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङ रहेका छन् ।
काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । उनको घुर्मीमा रहेको जनसेवा अस्पतालमा मृत्यु भएको हो ।
मृतक अर्का एकजनाको सनाखत हुन नसेको प्रहरीले जनाएको छ । जीपमा सवार ९ जनामध्ये एकजना बेपत्ता छन् ।
बेपत्ता हुनेमा सिन्धुपाल्चोककै दार्नर्बु शेर्पा रहेका छन् भने गम्भीर घाइते एक महिलाको उदयपुरको घुर्मीमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।