चीतवन पुगेर प्रधानमन्त्रीले भने, सुकुम्बासीको समस्या हल गर्छु
Wednesday, February 8th, 2017, 2:38 pm
amit
चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र चितवनले आज भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी व्यवस्थापनका लागि नीति र कार्यक्रम मन्त्रिपरिषद्बाट छिट्टै पारित गरिने बताउनुभयो ।
आफू पहिलोपटक प्रधानमन्त्री हुदा वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई बसिरहेको ठाउबाट नहटाउने निर्णय गरेअनुरुप अहिले आ–आफ्नो ठाउामा बसिरहेको बताउनुभयो ।
नेपालमा सुकुम्बासी समस्या प्रमुख र संवेदनशील रुपमा रहेको भन्दै उहाले बस्ने ठाउ सबै नेपालीले पाउनुपर्ने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र रोजगारी संविधानमा आधारभूत अधिकारभित्र राखिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई व्यावहारिक रुपमा अगाडि बढाउन नीति नियम बन्दै गरेको बताउनुभयो ।
सो अवसरमा उहााले देशको राजनीतिक परिस्थिति निकै जटिल अवस्थामा रहेको भन्दै निकट भविष्यमा हुनलागेको तीन तहको निर्वाचन सफल बनाउन सबैसाग आग्रह गर्नुभयो । निर्वाचनको तयारीमा सरकार जुटिसकेको भन्दै उहााले निर्वाचनसागै संविधान कार्यान्वयन भएर जाने बताउनुभयो ।
उक्त स्थानमा भगवती फार्म प्रालिको नाममा रहेको ११ बिगाहा जग्गा विसं २०५८ मा तत्कालीन नेकपा (माओवादी)ले कब्जा गरेको थियो । सो जग्गालाई गतवर्षको जेठमा माओवादी निकट व्यवसायी कृष्णप्रसाद अधिकारीसहितको समूहले भगवती फार्म प्रालिबाट कब्जापछि बसेका सुकुम्बासीलाई जग्गा दिने सहमतिमा खरिद गरेको थियो । सोही जग्गामा बसेका १५६ घरधुरीलाई प्रतिपरिवार ६ धुरका दरले जग्गाको लालपुर्जा आज वितरण गरिएको हो ।