इनर व्हील क्वीन कन्टेस्टको उपाधी मानन्धरलाई
Wednesday, February 8th, 2017, 8:07 pm
amit
माघ २६, काठमाण्डौ ।
इनर व्हील क्वीन कन्टेस्ट २०१७ को उपाधी बालाजु क्लवकी सहनशिला मानन्धरले जितेकी छिन् । त्यसै गरी स्वेच्छा श्रेष्ठले दृतिय
र रीता ढुंगानाले तृतीय स्थान हासिल गरेकी छिन् ।
इनर व्हील काठमाडौं जिल्ला सभापति इभा विजया लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा इनर व्हील क्लव दरबार स्क्वायरले राजधानीमा महिलाहरुको शैक्षिक विकास तथा क्षमता अभिवृदि गराउनको लागि इनर व्हील क्वीन कन्टेस्ट २०१७ प्रतियोगीता आयोजना गरेको हो ।
प्रतियोगितामा इनर व्हील क्लव दरबार स्क्वयार बाट २ जना , इनर व्हील क्लब बालजु बाट ३ जना त्यसै गरी इनर, व्हील क्लब बागमति बाट २ जना र इनर व्हील क्लब न्युरोड सिटी बाट २ जना जम्मा नौ जना प्रतियोगी सहभागि रहेको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, लेखिका लाक्पा फुटी शेर्पा,मोडल निर्जन थापा, अन्य कलकार ,उधामी, ब्यपारी लगायतको बाक्लो उपस्तिथी रहेको थियो ।
कार्यक्रममा इनर व्हील क्लव दरबर स्क्वायरका अध्यक्ष एवंम कार्यक्रमका सभापति इभा खत्रिले संस्थाले विगतमा पनि नेपाली महीलाहरुको शैक्षिक विकास तथा क्षमता अभिवृदिका लागि विभिन्न क्रियाकलाप गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरता जरुरी रहेको बताए ।
प्रतियोगितामा उधामी समीर सिंह क्षत्रि, अभिनेता सुशान्त कार्की , संञ्चार कर्मी छेल्हामु शेर्पा, पुर्वा मिस टिन आयुषा कार्की , उधामी लिमा अधिकारी ,लगायतले निर्णायक मण्डलको भुमिका निर्वाहा गरेको हो । कार्यक्रममा स्पोन्सरहरु ,मिडीया पर्टनर र कार्यक्रमका निर्णायक मण्डलहरु लाई समेत सम्मान गर्दै मायाको चिनो प्रदान गरेको हो । कार्यक्रमबाट संकलित रकम बसन्तपुर स्थित नव आर्दश विद्यालयका छात्राहरुलाई बितरण गर्ने कार्यक्रम आयोजकले बताए ।