कोहलपुर महोत्सव तथा प्रदर्शनी मेला आयोजनाको तयारी स्वरुप बजार क्षेत्रमा सरसफाई
Tuesday, February 14th, 2017, 9:26 am
amit
संगिन शर्मा
कोहलपुर- सोमबार कोहलपुर बजार क्षेत्रको सफाई गरिएको छ । कोहलपुर महोत्सव तथा प्रदर्शनी मेला आयोजनाको तयारी स्वरुप बजार क्षेत्रमा सरसफाई गरिएको हो ।
महोत्सव आयोजक ससिमतिको अगुवाईमा सोमबार बृहत सरसफाइ कार्यक्रमको आयोजना गरीएको थियो । रुद्राक्ष फिल्मस् प्रालि र ग्रिन सिटी युथ क्लव कोहलपुरको संयुक्त अगुवाईमा कोहलपुर चौराहाबाट सुरु भएको सरसफाइ ¥यालीले कोहलपुर बजार क्षेत्र, न्युरोड, बसपार्क, गोलपार्कका साथै महोत्सव स्थल वरपरको क्षेत्रमा समेत सरसफाई गरिएको थियो । सरसफाई ¥यालीमा क्लवका सदस्य, कोहलपुर जेसीज, स्थानिय ब्यापारीहरुका साथै शशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरका प्रहरीहरुको सहाभागीता रहेको थियो ।
यसैबिच यहि फागुन ६ गतेदेखि कोहलपुरमा सञ्चालन हुन लागेको कोहलपुर महोत्सवको तयारी तीव्र पारीएको छ । रुद्राक्ष फिल्मस् प्रालि कोहलपुर र ग्रिन सिटी युथ क्लव कोहलपुरको संयुक्त आयोजनमा सञ्चालन हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा प्रवेश गरेको आयोजनक संस्थाले जनाएको छ । महोत्सवका लागि हालसम्म २ सय ५० ओटा स्टलहरु बुकिङ्ग भइसकेको निर्माण उपसमितिका संयोजक मोहन शर्माले जानकारी दिए । महोत्सवमा व्यवसायीक स्टलका अलावा कृषी, शैशिक, सूचना प्रविधि, विमा कम्पनी सम्बन्धिका स्टलहरु समावेश गरिएको छ ।
महोत्सवस्थल वरपर घेरबार गरि निर्माण कार्यलाई तिब्र पारिएको छ ।
जसअन्तर्गत हालसम्म स्टल निर्माणको काम सकिएको छ भने, बाल उद्यान तथा मञ्च निर्माणको तयारी ८० प्रतिशत सकिएको छ ।