कैलाली – श्रीमती हत्याको आरोपमा धनगढी जुगेडा सिं गाउँका हिक्मत बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
गत पुस ७ गते भागी विवाह गरेका २६ बर्षीय सिंहले १६ बर्षीया श्रीमती अन्जली सिंहको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।
उनको बयानको आधारमा प्रहरी अञ्जलीको लास बरामद गरी पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल पठाएको छ ।२ दिन अगाडि माइती पक्षले प्रहरीमा छोरी अञ्जली खोजी गरिपाउँ भन्दै जाहेरी दिएका थिए । प्रहरीले हिक्मत सिंहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले अञ्जलीलाई मारेर घर अगाडि खाल्डो खनेर गाडेको बयान दिएका छन् ।
हत्याको आरोपमा हिक्मतका आमा, भाउजु र बैनीलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक चन्दले बताए ।