कोहलपुर महोत्सवको शहरी विकास राज्यमन्त्री मल्लद्धारा उद्घाटन (फोटो फिचर सहित )
Saturday, February 18th, 2017, 3:20 am
amit
प्रमोद रिजाल
कोहलपुर– “कृर्षि पर्यटन तथा औधोगिक प्रर्बधन” भन्ने मुल नाराका साथ कोहलपुरमा बिहिबार कोहलपुर महोत्सब २०७३ को भब्य रुपमा समुदघाटन सम्पन्न भएको छ ।
महोत्सबको उदघाटन शहरी बिकाश राज्य मन्त्रि मिठू मल्लले गरेकी हुन । उदघाटन मन्तब्य ब्यक्त गर्दै शहरी बिकाश राज्य मन्त्रि मल्लले बिकाश निर्माणका क्रममा सम्पुर्ण शक्तिहरु पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताइन । हामी चुनाबमा होमिन तयार छौं, सत्तामा टासिरहने हाम्रो इच्छा हैन भन्दै मल्लले जस्को बहुमत आएपनि सत्ता नेतृत्व हस्तानतरण गर्न आफनो पार्टि तयार रहेको जिकिर गरीन साथै उन्ले आफु शिघ्र स्थानिय चुनाबको पक्षमा रहेको समेत बताइन ।
समारोहमा बोल्दै बांके क्षेत्र नं. १ का सभासद देबराज भारले यस्ता खाले कार्यक्रमले समग्र मध्यपश्चिमको पहिचान झल्काउने चर्चा गर्दै आर्थिक समृद्दिका लागी स्थानिय उत्पादनमा उपभोक्ताहरु आर्कषित गर्नु आजको मुख्य दायित्व र चुनौती रहेको बताए ।
ग्रीन सिटी क्लब तथा रुद्राक्ष फिलिम्स प्रा.लि.ले आयोजना गरेको कोहलपुर महोत्सबमा ३०० स्टल मध्य २७५ स्टल बुक भै सकेको सचिबालय सदस्य निर्मल आचार्यले बताए । बिभिन्न मनोरञ्जनात्मक बाल उद्यान, रोटेपिङ,मौतको कुवा, जादु लगाएत कृषि ब्यापारीक स्टलहरुमा स्थानिय उत्पादनमा जोड दिइएको आयोजकले दाबि गरेको छ ।
युबाहरुको आब्हान आगन्तुक पर्यटकलाइ सम्मान भन्ने मन्त्रका साथ सञ्चालित महोत्सबमा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, बिद्यार्थी, प्रध्यापक, समाजसेबी, युबा तथा सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रममा बिभिन्न सास्कृतिक झांकि, नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सब मुल समारोहका संयोजक रुद्र खनालको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन लोक गाएक कमल बि.के. निर्मोहिले गरेका थिए ।