रेडियो नेपालबाट पत्रकारिता सुरु गर्दै पत्रकार महासंघको महासचिव भएका पोषण केसी अब पूणर्कालीन राजनीतिमा आएका छन् । कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा उनी निर्वाचित भए । हुन त उनी पत्रकारिता भन्दाअघि पनि विद्यार्थी राजनीतिमै थिए । २०५० सालमा नेविसंघ बाँके जिल्ला कमिटीको सदस्य बनेका थिए । २०४८ सालमा रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारबाट पत्रकारिता प्रारम्भ गरेका केसी २०५२ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद भए । २०५८ सालमा उनी महासंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महासंघको महासचिव बनेर नेतृत्वदायी भूमिका निभाए । २०७२ सालमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारी पूरा गरेका केसी अब कांग्रेसको नेतामा रुपान्तरण भएका छन् । एमए, एमफिल पूरा गरी पिएचडी गर्दै गरेका केसीलाई जनता र नेतासँग उत्तिकै निकटता राख्नसक्ने खुबी भएको व्यक्ति भनेर चर्चा गरिन्छ । यसै सन्दर्भमा केसीसँग वीरेन्द्र जैसीले गरेको कालपृष्ठ संवादः
हुन त तपाईं पत्रकारिता गरिरहँदा पनि पत्रकार महासंघको नेतृत्वमा पुग्नुभयो । तर पूणर्कालीन राजनीति किन रोज्नुभयो ?
मेरो पृष्ठभुमी हेर्नुभयो भने विद्यार्थीकालकबाटै राजनिति गरेको हो । विद्याथी राजनिति गर्दा गर्दै पत्रकारितामा प्रवेश गरें । झण्डै अढाई दशक (२५/२६) वर्ष पत्रकारिता गरिसकेपछि पत्रकारिताको हिसाबले राष्ट्रलाई योगदान गरे पश्चात मलाई के लाग्यो भने, हुन त पत्रकारिता सार्वजनिक वकालत गर्ने नै हो । तर सार्वजनिक वकालत गरेर मात्र भएन । हामीले अब आम नेपाली नागरिकको हकहितका लागि र नेपाली नागरिकको हकहित स्थिापित गराउने सन्दर्भमा जुन योगदान गरायाँै । यो मुलुकमा लोकतान्त्रिक,गणतान्त्रिक व्यवस्था स्थापना गर्यौँ । ती हक र अधिकारलाई स्थिापित गराउने सन्दर्भमा अझैपनि जनताका माझमा जान जरुरी छ । हक र अधिकार स्थिापित गराउने सन्दर्भमा जनतालाई जागरुक गराउन जरुरी छ । सँगसँगै विकास निर्माणका दुष्टिकोणले आमुल परिवर्तन गर्यौँ । राजनिति परिवर्तन गर्याँै । तर अझैपनि विकास हुनका सन्दर्भमा, जनताका आय स्रोत बृद्धि गर्नका निम्ति अथवा आम नेपाली जनताको आय स्तर बृद्धि गर्नका निम्ति, राजनितिक परिवर्तन भएका कुराहरुलाई व्यवहारमा ल्याउनका निम्ति हामीले आम नेपाली जनतालाई जागरुग बनाएर उहाँको हकहितलाई स्थिापित गराउने सन्दर्भमा जानुपर्छ भन्ने मानसिकता बोकेर मैले पत्रकारिता सँग सँगै त्यो गर्ने सोच थियो । तर पत्रकारिता गर्दै राजनिति पनि गर्ने कुरा भएन । एउटा व्यवसायीक पत्रकारिताको काम गरियो । तर एउटा मान्छेको आस्था हुन्छ । स्वभाविकता हुन्छ । हामी पत्रकार भनेको हामी समाजको नेतृत्व गर्ने व्यक्ति,समाजको ऐना, समाजको आँखा, राज्यको चौथो अङ्ग भन्छौँ । हामीले गरिरहँदा नेपाली जनताका हकअधिकारलाई स्थापित गराउने सन्दर्भमा हामीले मिडियामा गर्यौँ । तर प्रत्यक्ष जनतामा जान मेरो अत्यन्त इच्छा थियो । एक प्रकारको जनतामा गएर मूलधारको राजनिति गर्छु भन्ने सोच पहिलै देखि थियो । त्यसकारण मैले पत्रकारितालाई बिट मार्दै यो क्षेत्रमा आएँ ।
पार्टीभित्रको चुनावको अनुभव कस्तो भयो ?
मुलधारको राजनितिमा आँउदा पहिलो पटक सानै भएपनि क्षेत्रिय सभापतिको रुपमा विजय प्राप्त भयो । अघि भनेझै परिणाम हेर्दा नेपाली जनताहरुले र हाम्रो पार्टी कार्यकर्ताहरुले रुचाएको देखियो । किनभने तेस्रो कार्यकालका लागि अर्को साथीले पनि उम्मेदवारी दिनु भएको थियो । म पहिलो पटक मैले पार्टीको राजनितिमा यसरी विजय प्राप्त गर्दा खेरी पार्टीका कार्यकताहरुले पार्टी बाट छनौट भएर आएका साथीहरले मलाई मत दिनु भाको छ । यसले के देखाउँछ भने पार्टीमा भोलीका दिनमा अवसर पनि दिनु भएको छ र चुनौति पनि छ । त्यो चुनौतिलाई पुरा गर्ने दायित्व म माथि थपिएको छ ।
कति पत्रकारहरु पत्रकारितामै रहेर राजनितिमा संलग्न हुनुभाछ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
यो गलत हो । मैले बारम्बार भन्ने गरेको छु । म पत्रकार महासंघको महासचिव भए भण्डै दुईदशक जति । पत्रकार महासंघको नेतृत्वमा रहिसकेको कारण मैले बारम्बार भन्ने गर्थें । यदि तपाईं राजनिति गर्नुहुन्छ भने पत्रकारिता छोडनुस् । यदि पत्रकारिता गर्नुहुन्छ भने राजनिति छोड्नुस् । यी दुईवटै कुरा सँग सँगै हुन सक्दैन । मैले पत्रकार महासंघको साधारण सदस्यता समेत त्यागेर राजनितिमा लागेको छु । त्यसकारण पछिका दिनमा आर्टिकल लेखिएला या अरु कुनै माध्यमबाट पत्रकारितासँग जोडिएला । तर प्रत्यक्ष्य पत्रकारिता क्षेत्रमा लागेर व्यवसायी पत्रकारितामा राजनिति गर्न सक्दैन । राजनिति र पत्रकारिता सँगै जान सक्ने कुरा होइनन् । त्यैसैले मैले पुणर्रुपले पत्रकारिता त्यागेर राजनितिमा लागेको छु । अरुलाई पनि राजनीति गर्ने हो भने पत्रकारिता त्याग्न अनुरोध गर्छु ।
तपाईंको विचारमा के पत्रकारिताबाट जनताका मुद्दाहरु स्थापित गर्न सम्भव छैन ?
पत्रकारिताबाट गर्ने काम पनि त्यही नै हो । जनताका मुद्धाहरुलाई स्थिापित गराउने । तर हामीले जनताको सार्वजनिक वकालत गरिरहदाँ तपाँई हामी पत्रकारले आवाज उठाइन्छ । आवाजविहिनको आवाज बनिदिन्छौँ तर त्यसलाई अन्ततः समाधान गर्ने भनेको राजनितिले नै हो । राज्यलाई राजनितिले चलाउछ । राष्ट्रको मुलनिति राजनिति हो । राजनितिलाई सहि ट्रयाकमा जबसम्म ल्याउन सकिन्न तबसम्म मिडियाले मात्र गर्न सक्दैन । हामीले आवाज उठाउने मुद्दाहरु उठाउने हो । मिडियाले आफै मुद्दा उठाउने समाधान गर्न सक्दैन । हामीले ति समस्याका समाधान भए कि भएन, राज्यले समाधान गर्यो गरेन भनेर फ्लोअप गर्दिने हो । तर ती मुद्दाको समाधान गर्ने मिडियाको सामथ्र्य छैन । ती मुद्दाहरुलाई समाधान गर्ने सन्दर्भमा आम नेपाली जनताहरुको इच्छा र आकांक्षालाई पुरा गर्ने सन्दर्भमा राजनिति त्यसको अन्तिम विकल्प हो ।
सक्नेहरुले पत्रकारिताको अनुभव लिएर राजनिति गर्नुहोस् भनेर के तपाईं आह्वान गर्नुहुन्छ त ?
सबैले गर्न सक्ने चिज होइन राजनिति । राजनितिमा धेरै दुःख छ । मेहेनत गनुपर्छ । हुन त मैले पत्रकारिता राजनिति गरे । तर पत्रकारिताको राजनीति र मूलधारको राजनिति फरक हो । पत्रकारको पेशागत व्यवसाय हकहित भए, व्यक्तिका सुचनाका कुरा भए । हुन त जनताहरुसँग जोडिएको छ । तर मिडियाले मात्रै जनताका मुद्दाहरु स्थिापित गर्न सक्दैन । त्यसका लागि राजनितिक समर्थन पनि चाहिन्छ । त्यसकारण राजनिति गर्न त्यति सहज छैन । हामीले सामान्यरुपमा हेरिरहेका छौँ । देख्दा सजिलो लाग्छ तर राजनिति गर्न कठिन छ । आम नेपाली जनताहरुको मुद्दा समाधान गर्न एकदमै ग्राहे छ । त्यसैले पत्रकारिता मिडिया छाडेर तपार्इं राजनितिमा लाग्नुहोस् म भन्दि । तर मिडिया छाडेर म आउन चाहान्छु भनेर सोच्नुहुन्छ, म कठोर भए काम गर्छु निणर्य लिन्छु भनेर आउन सक्नुहुन्छ भने आउनुस् । तर आएर स्थायित्व प्राप्त गर्न सक्नुहुन्छ सक्नुहुन्न ? राजनितिमा निरन्तरता दिन सक्नुहुन्छ सक्नुहुन्न ? ती चाँही गम्भीर चुनौतिका कुरा हुन् ।
राजनीतिक विचारधारा निर्माण वा छनौटको आफ्नै तरिका हुन्छन् । तपाईं कांग्रेससँग कसरी जोडिनुभयो ?
म मध्यम परिवारको व्यक्ति हुँ । खासै ठुलो शिक्षित परिवार पनि होइन । म मध्यम परिवारमा हुर्कें । विद्यार्थी भइरहदाँ राजनितिमा लागेको हो । मेरो पारिवारिक पृष्ठभुमि राजनितिक होइन । मैले पछि बुझ्दै जाँदा मुलुकमा प्रजातन्त्र व्यवस्था चाहिन्छ, मुलुकमा प्रजातन्त्र व्यवस्था भएन भने हाम्रा अधिकारहरु व्यवस्थापित हुने सक्दैनन, हामीले बोल्न पाउदैनौ, यी सबै स्वतन्त्रताका लागि हामीलाई प्रजातन्त्र चाहिन्छ भन्ने लाग्यो । हामी विद्यार्थी हुदाँ प्रजातन्त्र थिएन । आउने त्रममा थियो । अग्रज नेताहरुले पनि राजनितिमा आउन सहयोग गर्नुभयो । राजनितिका सिद्धान्तहरु र आर्दश सिकाउनु भयो । कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीतिलाई बुझ्दै गएपछि म यतै आकर्षित भएँ ।
तपाईंले तपाईं बसोबास गरिरहेको क्षेत्रमा स्थानीय मुद्दा के देख्नु भएको छ ?
बाँके जिल्लाको कोहलपुर सुगम क्षेत्र देखिन्छ । तर यहाँका दुईवटा स्थिानीय क्षेत्र यस्ता छन्, जो अहिलेपनि पूणर् सुगम भइसकेका छैनन् । ती क्षेत्र विकास निमाणर्का आधारले पिछिडिएका छन् । अहिलेपनि स्थानीय सरकार आएबाट त्यहाँको निकायले काम गरेको छ । तरपनि त्यहाँ कुनै ठूलो उद्योग छैन । आयस्रोत छैन । अहिलेपनि राज्यबाट प्राप्त अनुदानका भरमा काम हुन्छन् । त्यहाँका केहि चिज छन् जसलाई हामीले सदुपयोग गर्न सकियो भने त्यस क्षेत्रको विकास गर्न सकिन्छ । शिक्षा अत्यन्त जरुरी पूर्वाधार हो । त्यहाँ साक्षरता दर हेर्यो भने अत्यन्तै कमजोर छ । शिक्षाको क्षेत्रमा गर्ने सोचका साथ त्यहाँको स्थिानिय निकायपनि लागिपरेको छ । मलाई लाग्छ म यस क्षेत्रीय सभापति भएका कारणले ती क्षेत्रहरुको विकासहरुका लागि केही गर्न सक्छु । म त्यसका लागि कटिबद्ध भएर लाग्ने म प्रण गर्दछु ।
तपाईं सभापति भएको क्षेत्रमा पार्टीभित्रको आन्तरिक मनमुटाव अहिलेपनि बाँकी छ कि सकियो ?
त्यो अन्त्य भयो । बाँके जिल्लाको अधिवेशनमा एकै विवादको कारण थियो निवर्तमान सभापति हुनुहुन्थ्यो, उहाँलाई आरोप प्रतिआरोप गर्न चाहन्न । उहाँको केही कमि कमजोरी रहेका थिए । ती कमि कमजोरीले गर्दा हामीले सम्रगमा दुःख पार्यौँ । त्यसका कारणले जिल्ला अधिवेशन रोकियो । अधिवेशन गर्न पएनौँ । तर, अहिले ती विवादहरु सकिएका छन् । हामी सबैको साझा उदेश्य कांग्रेसलाई बलियो बनाउने हो । त्यसमा हामी एकबद्ध छौँ ।
अब जनप्रतिनिधिको चुनावहरु पनि नजिकिँदै छन् । चुनावकै मुखमा भएका पार्टीका महाधिवेशनले कस्तो पूभाव पार्लान् ?
यदि हाम्रो निवार्चन नभएर सर्वसम्मतले चयन गरेको भए फाइदा हुन्थ्यो होला पक्कैपनि । निवार्चनमा विजेता र उपविजेतामा हार्ने पक्षले कहिन कहि मनमुटाव रहने संभावना हुन सक्छ । त्यसकारण यो नहोस भनेर हामी सचेत रहन्छौँ । त्यसैले हार्ने पक्षलाई सँगै लिएर काम गर्ने हो । मैले प्रण लिएको छु । हामी सँगै मिलेर गएनौँ भने हाम्रो उद्देश्य हाशिल गर्न सक्दैनौँ । त्यसैले मिलेर सँगै जाम । निकट चुनाव आउदैछ । त्यो निवर्चन सम्पन्न गर्नका लागि हामी सबै एकजुट हुन जरुरी छ ।
बाँकेमा अगामी निवार्चन तपाईंले कस्तो देख्नुभएको छ ?
अहिले यस्तै हुन्छ भन्ने स्थिति छैन । तर नेपाली काग्रेस चाँही हामी संगठित भएर एकताबद्ध भएर विगतका कुराहरुलाई पर्टीका निवार्चनमा भएका कुराहरुलाई बिर्सेर सबै सँगै भएर गयौँ भने नेपाली काग्रेसले बाँके जिल्लामा सबै क्षेत्रमा निवार्चन जित्न सक्छ ।
तपाईं आफै पनि दावेदार हो ?
यो पार्टीको निणर्यमा भर पर्छ । अब निवार्चन भएको भोलीपल्ट म आफै उम्मेदवार हुँ भन्न त भएन । तर साथीभाइहरुले भन्नुभयो भने म सक्षम छैन जस्तो चाहीँ लाग्दैन । मेरो साथीभाइहरुले माया गर्नु भयो, साथ दिनु भयो भने म पनि तयार हुने छु । तर अहिले म क्यान्डिडेट भएर लड्छु भन्ने घोषणा गर्ने पक्षमा छैन । पहिला निवार्चनको माहोल बनोस् । पार्टीमा निणर्य हुन्छ पार्टी अनि साथीहरुले के गर्नुहुन्छ त्यो बेला हेरम्ला ।
अन्तमा केही भन्नु छ ?
कालपृष्ठलाई धन्यवाद छ । म सबै पार्टीपंक्ति आम दाजुभाई दिदीबहिनस्मा धन्यवाद ज्ञापन गर्दछु । तपाईंहरुको साथ आगामी दिनमा पनि रहिरहनेछु भन्ने आशा व्यक्त गर्दछु । सँगसँगै आफ्नो प्रजातान्त्रिक हक र अधिकार स्थिापित गर्दा कही कसैलाई अन्याय नहोस् भन्ने तिर सचेत रहनुहोस् । सदैव यहाँहरु सबैको हक र अधिकार स्थिापित गराउने सन्दर्भमा म पोषण केसी जहिलेपनि लाग्ने छ प्रण गर्दछु ।