विद्युत् आपूर्तिमा समस्या आइरहने नेपालगन्जमा पछिल्ला केही महिनायता ठूलो समस्या देखिएको छैन । पाधिकरणले पनि सेवा सुध्रिएको दाबी गरेको छ । यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलसँग अन्जली राजीले गरेको कुराकानी ।
विद्युत् वितरणमा रहेका चुनौतिहरु के कस्ता छन् ?
वितरणमा त्यती चुनौति छैन । हाम्रो क्षमतामा चुनौति हो । पहिला पहिला हामीसाग कम क्षमता थियो । त्यो क्षमतालाई अपग्रेड गर्नुमा प्रमुख चुनौति छ । हामीले ठाँउ-ठाँउमा सबस्टेसन थप्नुपर्ने हो । अहिले सबस्टेसन थपिएको छैन । नेपालगन्जको खजुरा र परसपुरमा थप्नुपर्ने हो । खजुरा क्षेत्र ठुलो छ । यस क्षेत्रलाई समेट्नका लागि पनि त्यहाँ एउटा सबस्टेसन जरुरी छ । यसका लागि हामीले जग्गा खरिदको काम गर्दैछौँ । सबस्टेसन बन्न समय लाग्ने देखिएको छ । त्यतिबेलासम्म त्यहाँका जनताहरुले समस्या भोग्नुपर्ने अवस्था छ । जति ग्रामिण क्षेत्र भयो त्यति नै लामो लाइन हुने भएकोले जति लामो लाइन त्यति नै मेन्टेन गर्न ग्राहो हुन्छ । अर्को रुखहरु धेरै छन् । रुख नजिकका तारहरु आँधिहुरी चल्दा चुट्ने समस्या हुन्छ । रुख काट्नुपर्ने समस्या हुन्छन् । अब सहरी क्षेत्रमा नयाँ लाइन निकाल्न पनि गाह्रो हुन्छ । यी पहिलै देखिका समस्याहरु हुन् । यसलाई बिस्तारै समाधान गर्दै जाने छौँ ।
अहिले विद्युत् मागअनुसार आइरहेको छ ?
पहिला हामी सँग विद्युत् माग्न आउदा लोड घटाउनुस् भन्ने अवस्था थियो । अहिले हामीले उल्टै आवहन गरेका छौँ,लोड लिनुहोस् । माथि केन्द्रदेखि नै ठाँउ-ठाँउमा उद्योगीहरुलाई प्रोत्साहन गर्न पहिलादेखि पेन्डिङमा बसिरहेका उद्योगीहरुलाई कसरी हुन्छ सहजीकरण गरेर छिटोछरितो काम गराउने अवस्थामा छौँ । थ्रि पेज, उद्योगी अन्य उद्योगीहरुकालागि उनीहरुले मागेका अनुसार लोड हामी उपलब्ध गराउन सक्छौँ । केहीदिन अगाडी नै दुई व्यपारीका लोड माग गरे अनुसार विपी चोकमा ट्रान्सफमर जोडेका छौँ ।
आउँदो समयमा लोड धेरै नै बृद्धि हुने कारणले मेरो प्रमुख उद्देश्य नै हाम्रो सप्लाई सिस्टमलाई अपडेट कसरी गर्ने तिर मेरो प्रमुख ध्यान छ । अहिलेको सिस्टम कस्तो छ भनेपछि दुईवटा लाइन कोहलपुरबाट ल्याउछौँ एउटा लाइन भारतबाट ल्याउने गर्दछौँ । अब नेपालमै धेरै शक्ति उत्पादन हुने अवस्थामा भारतको लाइन नल्याउने सोचिरहेका छौँ । यसका लागि हामीले धेरै कामहरु गनुपर्ने हुन्छ । हालका लागि कोहलपुरबाट आइरहेको लाइनमा अझै एउटा थपेर तिन वटा लाइन कोहलपुर सबस्टेसनबाट नेपालगन्ज सबस्टेसनमा ल्याउने योजना हामी बनाउन लागेका छौँ ।
अहिले हामी सँग एउटा पुरानो र नयाँ गरि दुईवटा सबस्टेसनमा हामीसँग चारवटा पावर हाउस छन् । पावर ट्रान्सफमरमा पनि फुल लोडको अवस्थामा छन् । तिनिहरुलाई पनि हामीले अपग्रेड गर्ने अवस्था छ । हाल एउटा पाउर ट्रानसफमरलाई अपग्रेड गरिसकेका पनि छौँ, यहि महिनामा अर्को ट्रानसफमरलाई अपग्रेड पनि गरिन्छ । यसरी सबै पावर ट्रानसफमरलाई अपग्रेड गर्ने छौँ । आउने गर्मीमा यसले लोड धान्न सक्ने मेरो अनुमान छ । अरु अपग्रेड गर्नका लागि केन्द्रमा कुरा गरिसकेको छु । अव आउने प्रकृयामा छ । हामीसँग कति क्षमता छ त्यहि अनुसार हामीले विद्युत् वितरण गर्ने हो ।
विधुत चुहावटको अवस्था कस्तो छ,चुहावट रोक्नका लागि के के कार्यहरु हुर्दैछन् ?
गम्भिररुपले चिन्ता गर्ने खालको अहिले चुहावटको अवस्था छैन । यो महिनासम्म जम्मा सात प्रतिशतको हाराहारीमा छ । टेक्निकल र ननटेक्निकल गरी दुई प्रकारका चुहावट हुन्छन् । ननटेक्निकल लस त्यति थाहा पाइएको छैन । थाहा पाएको र सुनेको अवस्थामा हामीले कारबाही गरिरहेका छौँ । यो चाँही धेरैजसो सिँचाइको सिजनमा हुने मैले सुनेको छु । यस्तो भएको थाहा भएमा पुलिस प्रशासनको साहयता लिएर कारबाही गर्ने छौँ । त्यति चुहावट छैन ।
विद्युत् चोरी गर्नेलाई पनि हामीले निगरानीमा राखेका छौँ । तिनचार जनालाई हामीले समाएका पनि छौँ ।
हाल नेपालगन्जमा बक्यौताको अवस्था कस्तो छ ?
बाँकी बग्यौताको अवस्था उद्योगी भन्दा ग्राहस्थ ग्राहकबाट धेरै नै छ । ग्राहस्थ ग्राहकबाट लगभग २३ करोड जति उठाँउन बाँकी नै छ । अर्को छ, सडक बत्तिबाट पनि धेरै पैसा उठाउन बाँकी छ । बग्यौतामा यी दुई वटा समस्या बढि छ । ग्राहस्थ ग्राहक हाम्रो लगभग ६० देखि ६५ हजारसम्म छन् । पैसा दिन नआएपछि घर-घर गएर बिजुली काट्न पनि एउटा समस्या छ । पैसा लगभग ९० प्रतिशत ग्राहकले तिरेका छन् । दश प्रतिशत ग्राहक जसले पैसा तिरेका छैन्न । त्यस्ता ग्राहकहरुको तालिका निकालेर बिजुली काट्ने काम गरीरहेका छौँ ।
अन्तमा,
ग्राहकहरुले पनि हाम्रो समस्या बुझ्नु पर्छ । एक ठाँउमा कार्य गर्नुपर्दा पूरै ठाँउका विद्युत काट्नु पर्ने हुन्छ । समयमा बिजुलीको बिल तिर्नुहोस् । हामीलाई सहयोग गर्नुहोस् भन्न चाहन्छु ।