ब्याडमिन्टनका नयाँ खेलाडी पहिचान गर्दै छौँ : सन्जय थापा
Wednesday, December 8th, 2021, 3:11 pm
Kalpristha
बाँके जिल्ला ब्याडमिन्टन संघ नेपालगन्जको आयोजनामा बिहीबारबाट ‘बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुँदै छ । २३ गतेदेखि २५ गतेसम्म हुने प्रतयोगितामा महेन्द्र रंगशालाको ब्याडमिन्टन कभर्डहलमा सन्चालन हुने छ । बाँकेमा ब्याडमिन्टनका अब्बल र व्यवसायिक खेलाडीहरु पहिचान गर्ने उदेश्यले आयोजा हुने प्रतियोगिताका विषयमा आयो ब्याडमिन्टन संघका अध्यक्ष सन्जय थापासँग गरिएको कुराकानी :
ब्याडमिन्टन संघले के-के गतिविधि गरिहरहेको छ ?
यो संघ २०५० सालमा स्थापना भएको हो । स्थापनापश्चात यसले जिल्लामा विभिन्न गतिविधिहरु आयोजना गर्दै आएको छ । रंगशालामा नियमित प्रशिक्षण, नयाँ खेलाडीहरुको पहिचान र प्रोत्साहन गर्ने, अग्रज खेलाडीहरुसँग खेल आयोजना गरेर अनुभव आदानप्रदान गर्ने काम गर्दै आएको छ । दशौँ लाख पुरस्कारसहितको प्रतियोगिता पनि आयोजना भएको हो । राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पनि नेपालगन्जमा भइसकेको हो । कोरोना महामारीपछि भने गतिविधि गर्न सकिने अवस्था थिएन । अब हामी पुनः गतिविधि सुचारु गर्दै छौँ । कात्तिमा हामीले अन्तरजिल्लास्तरी लागुऔषध दुव्र्यसनीबाट मुक्त हुन औषधि उपचार गरिरहेकाहरुको बीचमा प्रतिस्पर्धा गरायौँ । नेपाली सेनाको भैरवप्रसाद गणका प्रमुख सेनानी जनमत कार्कीज्यूको विशेष पहलकदमीमा यो खुल्ला प्रतियोगिता आयोजना गरेका छौँ । यो प्रतियोगितामा दाङ, कपिलवस्तु, बर्दियाका खेलाडीहरु पनि सहभागी हुँदैछन् ।
अहिले आयोजित प्रतियोगितामा कति विधा समावेश छन् ?
प्रतियोगितामा विभिन्न ६ विधामा प्रतिस्पर्धा हुनेछ । हरेक विधाका प्रथम, द्धितिय र दुईजना तृतियलाई नगद पुरस्कार प्रदान गरिनेछ । मेन्स सिंगल र महिला सिंगलको प्रथम, द्धितिय र दुईजना तृतियलाई क्रमशः पाँच हजार, तीन हजार र एक-एक हजार पुरस्कार रहेको छ । यसैगरी पुरुष युगल र भेट्रान डबलको क्रमशः १० हजार, पाँच हजार र तीन-तीन हजार एवं अन्डर नाइन्टिन गल्र्स र बोइजको समान तीन हजार, दुई हजार र एक-एक हजार रपैयाँ नगद पुरस्कार राशी रहेको छ ।
जिल्लामा ब्याडमिन्टन खेलको अवस्था के छ ?
एकदमै राम्रो छ । बाँके जिल्लामा सबैभन्दा धेरै खेलिने खेल कुन हो भनेर सर्वे गर्नुभयो भने तपाईंले ब्याडमिन्टन पाउनुहुनेछ । जिल्लाका मुख्य सरकारी कार्यालय, स्थानीय तह र विद्यालयहरुमा पनि ब्याडमिन्टन खेल्ने गरिएको छ । बर्दियामा पनि विभिन्न ठाउँमा ब्णडमिन्टन खेल भइरहेको छ , मलाई लाग्छ देशमै सबैभन्दा बढी खेलिने खेलमा पर्छ होला यो । अलिकता महंगो छ । यसका सामग्रीहरु अलिक महंगो पनि छन् । सबैका लागि अलग अलग सामग्री चाहिन्छ । त्यसो नभइदिएको भए अझै फैलने थियो । बाँकेमा मात्रै महेन्द्र रंगशाला, सडक विभाग, प्रहरी तालिम केन्द्र, कोहलपुरमा ब्याडमिन्टनका कभर्ड हलसहितका कोर्टहरु छन् । त्यसबाहेक विभिन्न ठाउँमा दजर्नौँ खुला ब्याडमिन्टन कोर्टहरु छन् । जहाँ सयौँले ब्याडमिन्टन खेलिरहेका छन् । यसबाट राम्रा खेलाडीहरु पनि उत्पादन भइरहेका छन् ।
बाँकेबाट राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पुगेका खेलाडीहरु को को छन् ?
हाम्रो संघका केन्द्रीय कोषध्यक्ष अनोज बस्नेत जो राष्ट्रिय च्यापियन पनि हो । त्यसैगरी सुदिप योन्जन वरिष्ठ ब्णडमिन्टन प्रशिक्षक हुनुहुन्छ, कोच जयन्त श्रेष्ठ, खेलाडी अनिल लाखे, इरफान अन्सारी र विलाल अन्सारी लगायतका खोलाडीहरु बाँकेकै हुनुहुन्छ । उहाँहरु सबै राष्ट्रियस्तरका प्रतियोगितमा पनि च्याम्पियन हो । अन्तराष्ट्रियस्तरमा पनि सहभागिता जनाउनुभएको छ । उहाँहरुको प्रेरणाबाट यहाँका नयाँ पुस्तामा पनि अब्बल खेलाडीहरु जन्मिएका छन् । उनीहरुलाई प्रतियोगिताले थप सहयोग गर्नेछ ।
ब्याडमिन्टनमा करियर नै बनाउन चाहनेका लागि कस्तो वातावरण छ ?
क्यारियर बनाउने अवसर छ । तपाई प्रशिक्षण गरेरै पनि यसलाई करियरका रुपमा अघि बढाउन सक्नुहुन्छ । ब्याडमिन्टन एकेडेमीको मोडलमा पनि काम गर्न सकिन्छ । यसका साथै देशभर विभिन्न प्रतियोगिताहरु भइरहेका छन् । ती प्रतियोगितामा आकर्षक पुरस्कार पनि राखिएको हुन्छ । गाउँपालिका, नगरपालिकाहरुले पूतियोगिता गर्ने गर्छन् । राम्रो खेलाडीले वर्षमा ८,१० लाख कमाउन सक्छन् । राष्ट्रिय स्तरमा पनि विभिन्न प्रतियोगिताहरु आयोजना भइरहेका हुन्छन् । यस हिसाबले यो खेलमा करियरको संभावना पनि उच्च छ ।
संघको आगामी कार्ययोजना के छ ?
आगामी कार्ययोजना पनि नयाँ खेलाडीको पहिचान र खेलाडीहरुको क्षमता प्रष्फुटन गर्ने अवसर दिनेगरी तय गरेका छौँ । पुस महिनामा हामी अन्तर प्रशिक्षार्थी ब्याडमिन्टन प्रतियोगिता गर्ने छौँ । त्यसमा प्रशिक्षणमा रहेका खेलाडीहरु मात्रै सहभागी हुन पाउनेछन् । पहिले अहिलेको जस्तो पुर्वाधारको सुविधा पनि थिएन । अब त्यसको पूर्ति लगभग भइसकेको छ । आगामी दिनमा खेलका गतिविधिहरु बढ्दै जान्छन् ।