खुले सबै क्यामपसका ताला
Sunday, February 19th, 2017, 8:34 pm
amit
काठमाण्डौ, ८ फागुन । आन्दोलनरत विद्यार्थी सङ्गठनले लगाएको ताला देशभरिका त्रिभुवन विश्वविद्यालयका दुई क्याम्पस आङ्गिक क्याम्पसबाहेक सबैमा खुलेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सन्दर्भमा विभिन्न माग राखी आन्दोलन गरेका नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्ष र नेत्रविक्रम चन्द निकट अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला सिरहास्थित सूर्यनारायण सत्यनाराण क्याम्पस र दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसबाहेक सबैमा खुलेको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो ।
उहााले आन्दोलनरत विद्यार्थी सङ्गठन र अन्य विद्यार्थी सङ्गठनबीच सहमतिपछि सबै क्याम्पसमा ताला खोल्ने सहमति भए पनि दुई क्याम्पसमा नखोलिएको बताउनुभयो ।
स्ववियु निर्वाचनको मिति सार्ने भएपछि क्याम्पसमा लगाइएको ताला खोल्ने सहमति भएको हो । त्रिविले फागुन १४ गते हुने निर्वाचनलाई फागुन १८ गते सारेको छ ।
उहाले दुई क्याम्पसमा ताला खोल्ने विषयमा आन्दोलरत पक्षसाग कुरा भइरहेको बताउनुभयो । स्ववियु निर्वाचनको निर्वाचन प्रक्रिया यही ११ गतेबाट सुरु हुादैछ । सिरहामा नेपाल विद्यार्थी सङ्घ र दाङमा क्रान्तिकारीले ताला लगाएका छन् ।