धादिङका अधिकांश भुकम्प पिडितले अनुदान पाए
Tuesday, February 21st, 2017, 7:53 pm
amit
विवेक अर्याल
काठमाण्डौ, फागुन १० ।
भूकम्प प्रभावितहरुले राहत नपाएको गुनासो सुनिने गरेपनि १४ जिल्लाका ९३ प्रतिशत पीडितले पहिलो किस्ता बापतको अनुदान पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । तर, पुनर्निर्माणका लागि निर्माणकर्मीको अभाव देखिएको छ ।
विनासकारी भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लामा हाल सम्म पहिचान भएका लाभाग्राहिको संख्या ६ लाख २६ हजार ३६ रहेको छ । जसमध्ये अहिले सम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ लाख ५० हजार २ सय ४१ जनासाग अनुदान सम्झौता गरिसकेको जनाएका छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको माघ महिना सम्मको तथ्याङक हेर्ने हो भने यस अवधि सम्म अनुदान सम्झौता भएका मध्ये ५ लाख १० हजार १ सय ३० घर धनिले पहिलो किस्ताको ५० हजार रुपैया प्राप्त गरिसकेका छन् । यो भनेको झण्डै कुल भुकम्प पिडितको ९३ प्रतिशत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गएको भुकम्पले सबैभन्दा वढी मानवीय क्षति भएको सिन्धुपाल्चोक जिल्लाका अधिकांस पिडितले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरिसकेका छन् । अनुदान सम्झौता भएका ७४ हजार ९ सय २४ मध्ये सिन्धुपाल्चोकका ७४ हजार ९ सय १२ ले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका हुन् । त्यस्तै विनासकारी भुकम्पको केन्द्रविन्दु रहेको गोरखाका ५२ हजार ६ सय ७५ घर धनिले पनि पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन् ।
त्यस्तै काभ्रेका ५९ हजार ७ सय ५१, रसुवाका ८ हजार ८ सय ४८, सिन्धुलीका २६ हजार, धादिङका ५२ हजार, दोलखाका ४७ हजार, रामेछापका ३९ हजार भुकम्प पिडितको हातमा पहिलो किस्ताको रकम परिसकेको छ । त्यस्तै नुवाकोटका ६० र ओखलढुङगाका १८ हजार भुकम्प पिडितले पनि पहिलो किस्ताको अनुदान रकम प्राप्त गरिसकेका छन् ।
भुकम्प पिडितको तथ्याङक संकलनमा समेत ढिलाई भएको उपत्यकाको काठमाण्डौ भक्तपुर र लतितपुर जिल्लाका करिब ५० हजार घरधनिले समेत पहिलो किस्ताको रमक प्राप्त गरिसकेका छन् । त्यस्तै हाल उपत्यकामा ७१ हजार ६ सय घरधनिसग अनुदान सम्झौता भैसकेको पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता डा. भिष्म कुमार भुषालले जानकारी दिनुभयो ।