भर्जिनियामा हुन लागेको जन सम्पर्क समिती अमेरीकाको प्रथम साधारण सभाका लागी बिभिन्न जिम्मेबारी बांडफांड
Thursday, February 23rd, 2017, 8:59 am
amit
टेक्सास (अष्टिन)- नेपाली जन सम्पर्क समिती अमेरीकाको प्रथम साधारण सभा भर्जिनियामा हुने भएको छ ।
आगामी अप्रिल २२ तारिख शनिबार भर्जिनियाको मेट्रो एरियामा हुन लागेको प्रथम साधारण सभालाई भव्य बनाउन तयारी शुरु गरिएको जन सम्पर्क समिती अमेरीका प्रचार बिभाग प्रमुख गोकुल ढकालले जानकारी दिनुभयो ।
करिब १२ वर्षको इतिहांसमा संगठनलाई चलायमान बनाउने हेतुले हालै बसेको समितीको पुर्ण बैठकले प्रथम साधारण सभाको मिती र स्थानको तय गर्दै बिभिन्न जिम्मेवारी समेत तोकेको प्रमुख ढकालले बताउनुभयो । उहांका अनुसार बैठकले साधारण सभा भव्य बनाउन बिभिन्न जिम्मेबारी बांडफांड गरेको छ जसमा साधारण सभा सम्पन्न गर्न जन सम्पर्क समिती भर्जिनियालाई जिम्मा दिंदै आर्थीक व्यवस्थापनका लागी जन सम्पर्क समितीका केन्द्रिय सदस्य गोपाल विश्वकर्मालाई जिम्मा दिइएको छ ।
यस्तै प्रचार बिभाग प्रमुख ढकाल प्रधान सम्पादक रहनेगरी साधारण सभा लागी स्मारिका प्रकाशनको जिम्मेबारी प्रचार बिभागलाई दिइएको छ ।
यस्तै संस्थाको विधान र च्याप्टर गाईट लाईनमा देखिएको असमझदारी, असहमती र समस्याहरूको अन्त्य गरी एकरूपता ल्याउनका लागि एउटा “विधान तथा च्याप्टर गाईट लाईन” संशोधन एवम मस्यौदा समितिको गठन गर्ने निर्णय गर्दै, कानुन विभागका प्रमुख पिताम्बर भुषाललाई संयोजकको जिम्मेवारी दिईएको छ भने साधरण सभामा सहभागी सबैलाई मनोरंजन दिलाउने उदेश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गर्दै, केन्दीय सदस्य एवम सांस्कृतिक विभाग प्रमुख सुवास लामालाई संयोजकको जिम्मेवारी तोकिएको छ । यस्तै साधरण सभा हुनु भन्दा अगाडि यदि कुनै च्याप्टरहरूको समय अवधि समाप्त हुदैछ भने साधरण सभा हुने मिति सम्मसम्मा अवधि थप्ने र त्यस पछाडिको च्याप्टरको समय अवधि भने साधरण सभाले तय गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख ढकालले बताउनुभयो ।