एनआरएन अमेरीका निर्वाचन: जनलहर डा.केशव पौडेलको पक्षमा
Wednesday, March 15th, 2017, 3:54 am
amit
अष्टिन (टेक्सास) – गैर आवासिय नेपाली संघ एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी करिब दर्जनको हाराहारीमा अध्यक्षका आकांक्षी भएपनि जनलहर बर्तमान अध्यक्ष डा. केशव पौडेलको पक्षमा देखिएको छ ।
एनआरएन अमेरीकाका बर्तमान अध्यक्ष डा. पौडेलले गत साता आगामी कार्यकालका लागी औपचारीक उम्मेद्वारी घोषणा गर्दै आफ्नो पक्षमा माहोल बनाउन बिभिन्न शहरहरुमा पुगीरहेका बेला व्यापक जनलहर पनि उहांकै पक्षमा देखिएको बताइएको छ ।
नेपालमा रहंदा नेपाल बिद्यार्थी संघबाट राजनीति गरेका डा. पौडेललाई आसन्न एनआरएनको निर्वाचनमा जन सम्पर्क समिती अमेरीकाका हस्तिहरुको समेत समर्थन रहेको छ भने तरुण दल अमेरीका पनी डा. पौडेलकै पक्षमा छ । हरेक सप्ताहन्तमा नेपालीहरुले गर्ने कुनै न कुनै कार्यक्रमका लागी अमेरीकाका बिभिन्न शहरहरुमा पुगीरहने डा. पौडेलको अमेरीकाका नेपालीहरुमा अध्यक्षका अन्य आकांक्षीहरु भन्दा बलियो पकड रहेको छ ।
एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी अन्य उम्मेद्वारभन्दा डा. पौडेल नै सक्षम भएकोले आफुहरुको समर्थन पौडेललाई रहेको जन सम्पर्क समिती अमेरीकाका उपसभापती सि पी पौडेलले बताउनुभयो । अमेरीकाका जन सम्पर्क समितीमा आवद्धहरु तथा नेपालमा नेपाली कांग्रेसको राजनिती गरेर हाल अमेरीकामा बसिरहेकाहरु र डा. पौडेलको राजनितीक व्याकग्राउण्ड बुझेकाहरु सबैको डा. केशव पौडेललाई साथ र समर्थन छ जन सम्पर्क समिती अमेरीकाका उपसभापती सिपी पौडेलले भन्नुभयो -“आगामी कार्यकालका लागी पनि डा. पौडेलको जित निश्चित जस्तै छ । ”
सरल स्वभाव र गतिशिल दैनिकी तथा अमेरीकाभरका नेपाली सबैमा सहज पहुंच पुगेकोले पनी डा. पौडेललेको जित स ुनिश्चित रहेको बताइन्छ । आफ्नो व्यक्तिगत प्रयासमा पनि डा. पौडेलको जत्तिकै पहुंच अरु उम्मेद्वारले बनाउन धेरै कसरत गर्नुपर्ने देखिएकोले पनि आगामी अध्यक्षमा डा. पौडेल नै दोहोरीने पक्का रहेको स्रोत बताउंछ ।
हाल एनआरएन अमेरीकाको अध्यक्षका लागी उम्मेद्वारी घोषणा गरेकाहरु मध्ये डा. पौडेल संगै ड्यालसका व्यवसायी गौरी जोशी, एनआरएन अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षत्रय डिल्ली भट्टराई, राम सि पोखरेल तथा रबिना थापाको बजार चर्चा अलि धेरै रहेको छ ।
यसैबीच टेक्सासको अष्टिनबाट अधिकांसको समर्थन डा. पौडेललाई रहेको छ ।