आईजिपी प्रकरण : कार्य मुल्याङ्कन फायल नपाएपछि सर्वोच्चले पुर्ण इजलासबाट सुनुवाइ गर्ने
Friday, March 17th, 2017, 1:39 am
amit
काठमाडौं- प्रहरी महानिरिक्षकमा जयबहादुर चन्दलाई नियक्त गर्ने निर्णय बिरुद्ध मुद्धामा सर्वोच्च अदालतले मगाएको फाइल दिन सरकारले अटेर गरेको छ ।
कार्य मुल्याङ्कन फायल नपाएपछि सर्वोच्चले अब पुर्ण इजलासबाट सुनुवाइ गर्ने भन्दै आगामी आइतबारका लागी पेशी तोकेको छ । गत फागुन १ गते सर्बोच्चले प्रहरी महानिरिक्षकका दावेदार चन्द र नवराज शिलवालको कार्य मुल्याङ्कन फाइल झिकाउन आदेश दिएको थियो ।
तर सरकारले अटेर गरेपछि न्यायाधीशद्धय ईश्वर प्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले २४ घण्टाभित्र फाइल पेश गर्न अर्को आदेश दिएको छ । सर्वोच्चको पछिल्लो आदेशपछि आइजिपी नियुक्ति सम्बन्धि मुद्धा थप लम्बिएको छ । सर्वोच्चले कार्यसम्पदान मुल्यांकन सम्बन्धी फायल लोक सेवा आयोग, गृहमन्त्रालय वा प्रहरी प्रधान कार्यालय जहाँ भएपनि २४ घण्टाभित्र झिकाइ मिसिल सामेल राख्ने आदेश दिएको हो ।
सर्वोच्चले आईजिपी नियुक्ती मुद्दामा जटिल र महत्वपुर्ण कानुनी प्रश्न देखिएको भन्दै पुर्ण इजलासबाट सुनुवाई गर्ने निर्णय समेत गरेको छ । सुरक्षा निकायको प्रमुख पदमा नियुक्ती गर्ने सम्बन्धी सम्वेदनशील विषय भएकाले अग्राधिकार प्रदान गरी अन्तिम सुनुवाई गर्न आगामी ६ गते का लागि पेशी तोकिएको छ ।
आईजिपी नियुक्त भएपनि मुद्धाका कारण चन्दले कार्यभार सम्हाल्न नपाएपछि प्रविधिक तर्फका एआजी दिनेशचन्द्र पोखरेललाइ निमिक्त महानिरिक्षक तोकिएको छ ।