राउटेका मुखियाले उद्घाटन गरे वेस्र्टन मार्ट
Thursday, March 10th, 2022, 8:44 pm
Kalpristha
नेपालको पश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहिबार देखी नेपालगन्जमा वेस्र्टन ट्राभल मार्ट नेपाल सुरु भएको छ । नेपालगन्जमा तिन दिन सम्म चल्ने मार्टको उद्घाटन राउटेका मुखिया सुर्यनारायण शाहीले गरे ।
भारतीय पर्यटकलाई नेपालमा घुम्न उत्प्रेरित गर्ने लक्ष्य राखिएको वेस्र्टन मार्ट नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उप–महानगरपालिका मुल आयोजक तथा नाट्टा च्याप्टर बाँकेले आयोजना गरेको हो ।
राउटेका मुखिया सुर्यनारायण शाहीले दीप प्रज्वलन गरेर उद्घाटन गरिएको मार्टको उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, नाटा अध्यक्ष अच्युत गुरागाई, नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवश शमसेर राणाले मार्टले बाँके बर्दिया सहित पश्चिम नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए ।
मार्टमा नेपालगञ्ज शहरलाई पश्चिम नेपालका साथ गेटवेए अफ कर्णालीको रुपमा प्रवद्र्धन गरिने बताइएको छ । पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँके आदि संस्थाहरु यस मार्टको सह–आयोजकको रुपमा रहेका छन् भने एयरलाईन्स पार्टर बुद्ध एयर रहेको छ ।
यस क्षेत्रको पर्यटन र संस्कृतिको विकास गर्न मार्टले महत्वपुर्ण भुमिका खेल्ने वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार मार्टमा ५० भन्दा बढी पर्यटक आएका छन ।