विजयाको अध्यक्षमा गठन भयो स्वास्थ्यकर्मी संघको विशेष कमिटि
Friday, March 11th, 2022, 10:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले पहिलो पटक विशेष कमिटि गठन गरेको छ । नेपालगन्ज मेडिकल कलेज बाँकेमा नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको विशेष कमिटि शुक्रबार गठन गरिएको हो । राष्ट्रिय स्वास्थ्यकर्मी संघको विधान अनुसार कुनै पनि स्वास्थ्य संस्थामा आफनो सदस्य संख्या १ सय पुगेपछि विशेष कमिटि गठन गर्न पाउने व्यवस्था छ ।
शुक्रबार विजया केसीको अध्यक्षमा नेपालगन्ज मेडिकल कलेजमा विशेष कमिति गठन गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँके अध्यक्ष राजन शाहीले जानकारी गराए ।
२३ सदस्यीय विशेष कमिटिको उपाध्यक्षमा राधेश्याम यादव, महिला उपाध्यक्षमा सुनिता तिवारी, सचिवमा सुस्मिता थापा, स–सचिवमा सैयद मोहमद फेरुक, कोषाध्यक्षमा विजया पोखरेल रहेका छन । यसैगरी सदस्यहरुमा बिना शर्मा,राजित राम यादव, मनिष कुमार गुप्ता,आरती गुप्ता, शर्मिला पाण्डे,निर्मला खाँण, मदन भंट, सुमिता कनोजिया, खड्क कुमारी पोखरेल, गुन्जन बस्नेत, बिन्जना श्रेष्ठ,पुष्पा शर्मा, मनिष चिलवाल, चित्रा विसी, विपना गैरे र डिलसरा विक रहेको अध्यक्ष शाहीले कालपृष्ठ डटकमलाई जानकारी गराए ।
पुर्व मन्त्री एवम् नेकपा एमाले सचिव योगेश भंटराईको प्रमुख आथित्यमा भएको कार्यक्रममा कमिटि गठन गरिएको शाहीले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले सरकारी सेवा र नीजि क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मर्मीहरूका पेशा गत हकहित र सुरक्षाका थुप्रै समस्या हरूका बाबजुत पनि कोभिड महामारीमा स्वास्थ्यकर्मीहरूले गरेको योगदानको उच्च प्रशंसा गरे ।
स्वास्थ्य सेवा ऐनमा उल्लेख भए बमोजिम सेवा सुबिधा उपभोग गर्ने बताउँदै नेता भंटराईले सुविधाबाट बन्चित गरिएको अवस्थामा सम्बन्धित निकायसंग पहल र समन्वय गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिए ।
अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष राम बहादुर चन्दले सबै स्वास्थ्यकर्मी पेशागत हकहितका मुद्दाहरू उठान गर्ने एक मात्र संगठन भएकाले यस संगठनमा सबैलाई आवद्ध हुन र संगठन बलियो बनाउन अपिल गरे ।
कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष राजन शाहीले सबै स्थानीय तहमा संगठन निर्माण गर्ने र स्वास्थ्यकर्मीहरूका पेशागत हकहित र सुरक्षाको सुनिश्चितता लागि पहल गर्न आफुले जिल्लाको नेतृत्व लिएको र आफ्नो कार्यकालमा आफु कटिबद्ध भएर लाग्ने साथै स्वास्थ्यकर्मी साथीहरूलाई साथ दिन अपिल गरे ।