बाँके फुटबलका नक्षेत्रहरु सम्मानित
Tuesday, March 15th, 2022, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ चैत
बाँके जिल्लाका फुटबल हस्तीहरुलाई सम्मान गरिएको छ । बाँके जिल्ला फुटबल संघले जिल्ला लिगको फाइनल खेल समारोहको अवसर पारेर बाँकेका ७ पुर्व फुटबल खेलाडीलाई सम्मान गरेको छ ।
बाँके जिल्लाबाट फुटबल करियरको सुरुआत गरेर नेपालको ए डिभिजन क्लबसम्म खेलेका खेलाडी, फुटबलको विभिन्न पदमा रहेर फुटबल खेलको विकासमा योगदान गरेका व्यक्तिलाई सम्मान गरिएको हो ।
नेपालगन्ज रंगशालामा गोर्वधन सिंह ‘सम्झना’, गोविन्द प्रसाद श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, प्रदेश सिंह राठौर, निजामुद्दिन सिद्धिकी ‘मुन्ना’, दिप बहादुर बहादुर महतारा र रितेश खड्कालाई सम्मान गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवल शमसेर राणा, उप–मेयर उमा थापामगर, भैरव प्रसाद गण इमाम नगर ब्यारेकका गणपति प्रमुख सेनानी जनमत कार्की, नेपाल उद्योग वाणिज्य सं
घका निर्वतमान सदस्य कृष्ण प्रसाद श्रेष्ठले फुटबल कर्मीलाई सम्मान पत्र, दोसल्ला, माला लगाएर सम्मान गरेका थिए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेको फुटबलको प्रतिष्ठालाई बढाउँदै यस क्षेत्रको खेलको विकासमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले भने,‘हामीले ज–जसलाई सम्मान गरेका छौं ।
बाँकेको फुटबलमा उहाँहरुको लगानी छ । उहाँहरुको मिहिनेतले बाँकेले फुटबलमा विकासको थियो । फुटबलका लागी उहाँहरु यस क्षेत्रको नक्षेत्र हो । अग्रजहरुले फुटबलको विकासमा गरेको योगदानलाई हामी सम्मान गर्न चाहन्छौं । उहाँको लगानीको कदर गर्न यो सम्मान गरिएको हो ।’