पूर्वाधार विकास प्रमुखले दिए राजीना
Monday, March 28th, 2022, 6:28 pm
Kalpristha
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर विवादको दबाबका बिच प्राधिकरणका प्रमुख सिओले राजीनामा दिएका हुन् ।
राजिनामा दिँदै उनले भने, ‘दलालहरुको दलाल बन्नु पर्ने रहेछ । म त्यो बन्न सकिन । त्यसैले मैले राजीनामा दिए ।’
उनले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का सम्झौता तोडेको छन् । सोमबार प्राधिकरणको बैठकले सम्झौता तोड्ने निर्णय गरेको उनले बताए । अस्पतालको सात सय करोडको ठेक्का हँुदा प्रदेश सरकारलाई करिब एक सय ५० करोड घाटा लाग्ने अवस्थामा देखिएपछी उक्त सम्झौता तोडिएको घिमिरेले बताए ।
घिमिरे प्रदेश पूर्वाधार प्राधिकरणको सिओमा गत असोज २४ गते नियुक्त भएका थिए ।
राजीनामा दिएका घिमिरेले अब आफू कुनै पनि राजनीति दलमा आबद्ध नरहने र स्वतन्त्र रहेकोसमेत बताए ।
घिमिरे नेकपा माओवादीमा २०५६ सालदेखि आवद्ध रहँदै आएका थिए ।
घिमिरेले ६ महिनाको अबधिमा उनले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, जग्गा एकीकरण तथा विकास कार्यविधि, राप्ती प्रादेशिक अस्पतालको डिपिआर, नेत्रलाल खेलकुद स्टिडियमलगायतका कामहरु गरेको बताए ।