आचार्यको श्रद्धाञ्जली सभामा आए प्रचण्ड
Thursday, March 31st, 2022, 9:04 pm
Kalpristha
देशको बिकास देखि नेपाली राजनीतिको संधै चिन्ता गर्ने एक जिम्मेवार, निष्ठावान, ब्यबसायी र असल नागरिक दामोदर आचार्यलाई गुमाएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । बिहिबार दामोदर आचार्यको १३ औं पुण्यतिथि तथा श्रद्धाञ्जली सभाका प्रमुख अतिथिको रुपमा नेपालगन्ज आईपुगेका प्रचण्डले शोकलाई शक्तिमा बदल्ने र दामोदर आचार्यले देखाएका सबै सपना पूरा गर्नु नै स्वर्गिय आचार्य प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
उनले आर्थिक समृद्धि र बिकासका पक्षमा दुरगामी सोच राख्ने आचार्यको असामयिक निधनले नेकपा माओवादी पार्टीलाई अतुलनिय क्षति भएको बताए । दुरगामी सोच राख्ने स्वर्गिय आचार्यले सबैलाई शिक्षा र प्रेरित गरेको भन्दै अध्यक्ष प्रचण्डले मृत्युवरणपछि दामोदर आचार्यलाई पार्टीको केन्द्रीय सदस्यको प्रस्ताव लिने बताए । आगामी निर्वाचनबाट दामोदर आचार्यको सपना पूरा गर्नु पर्ने जिम्मेवारी आएको बताए । दामोदर आचार्यको निधनपछि उनको उतराधिकारीको रुपमा लाग्न आचार्यकी श्रीमती पार्वता आचार्यलाई अध्यक्ष प्रचण्डले आग्रह गरे । समाज र नेपालगन्जबासीले एक असल व्यक्ति गुमाएको दामोदर आचार्यकी धर्मपत्नी पार्वता आचार्यले बताईन । श्रद्धाञ्जली सभामा बोल्दै दामोदर आचार्य सरकारी जागीर, व्यवसाय हुँदै राजनीतिक क्षेत्रमा नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सदस्य रहेको आचार्यका भान्जा जगप्रसाद शर्माले उल्लेख गरे । सबैलाई आफ्नो बनाउन सक्ने क्षमता दामोदर आचार्यमा रहेको नेकपा माओवादीका नेता लिलामणि पोखे्रलले बताए ।
देश बिकास र राजनीतिको चिन्ता गरिरहने दामोदर आचार्य एक दूरदर्शी ब्यक्ति भएको नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले बताए । नेपालगन्जमा आयोजना गरिएको १३ औं पूण्यतिथि तथा श्रद्धाञ्जली सभामा नेकपा माओवादीका केन्द्रीय सदस्य पूर्णा कुमारी सुवेदीको अध्यक्षतामा भएको थियो ।

.
दुई कम्युनिष्ट पार्टीका अध्यक्ष नेपालगन्जमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार नेपालगन्ज आएका छन् ।
एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका हुन भने प्रचण्ड स्व. दामोदर आचार्यको श्रद्धाञ्जली सभामा सहभागी हुन नेपालगन्ज आएका हुन् ।
बुधबार नेपालगन्ज आएका ओलीले कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटको कार्यक्रममा सहभागिता जनाएका थिए । नेपालगन्जको बसाइँमा ओलीले जिल्लाका नेताहरुसँग भेटघाट गरेका छन् । उनले स्थानीय तहको निर्वाचन जित्नेगरी लाग्न जिल्लाका नेतालाई निर्देशन दिएका छन् ।
बिहीबार नेपालगन्ज आएका प्रचण्डले श्रद्धाञ्जली सभापश्चात पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिए । साथै चुनावमा गठबन्धन गरेर जाने तय भएको प्रचण्डले जनाएका छन् । उनले चैत्र १९ र २० गते प्रदेशस्तरमा संयुक्त बैठक बसेर गठबन्धनका बारेमा निर्णय हुने बताए ।