विश्व टेबल टेनिस दिवसमा विविध कार्यक्रम
Saturday, April 9th, 2022, 6:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ चैत
विश्व टेबल टेनिस दिवस–२०२२ को अवसरमा नेपालमा पनि विविध कार्यक्रम गरिएको छ । दिवसका अवसरमा टेबल टेनिस प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय अम्पायर नरेश रावलको नेतृत्वमा बालबालिकाहरुको टेबल टेनिस प्रतियोगिता, प्रशिक्षण र खेल कुटनीतिका बारेमा खेलाडीलाई प्रशिक्षण दिइएको थियो ।
अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउन्डेसन जर्मनी द्वारा नियुक्त आधिकारिक प्रमोट नरेश रावलका अनुसार करिब १ सय बालबालिकालाई टेबल टेनिसको प्रशिक्षण तथा प्रतियोगितामा सहभागि गराइएको थियो ।
आई टीटीएफ लेवल–२ अन्तर्राष्ट्रिय टेबल टेनिस कोच र अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका रावलले ‘पिङ पोङ कूटनीति’ आधारित एक हप्ताको कार्यक्रम डिजाइन र कार्यान्वयन गरिएको बताए । रावलद्वारा सञ्चालित ‘स्ट्याग सरोज टेबल टेनिस–४ अल क्लब’ को ब्यानरमा भएको उक्त कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका खेलाडीको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई टेबलटेनिस ब्याट, टिसर्ट, बल आदि समेत बितरण गरिएको थियो । ब्याट बल नियन्त्रण गतिविधि, स्ट्रोक खेल्ने दृश्य प्रदर्शन,मनोरञ्जनात्मक गतिविधि, शरीर सन्तुलन लगायतका गतिविधिहरु गरिएको प्रशिक्षक रावलले बताए ।
कार्यक्रममा सहभागी खेलाडीहरुले आफ्नो विचार, कौशल र प्रतिभा साझा गरेर सिकेका थिए । कार्यक्रमको अन्तिम दिनमा सहभागीहरुका लागि विभिन्न प्रतियोगिता समेत गरिएको थियो ।
अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई मेडल, शिल्ड, प्रमाणपत्र प्रदान गरेका थिए । अध्यक्ष राजवैद्यले बालबालिकामा टेबल टेनिस खेललाई बुझनका लागि एक हप्ताको प्रशिक्षण निकै महत्वपुर्ण भएको बताए । यसले टेबल टेनिसको विकासमा महत्वपुर्ण भुमिका खेलेको अध्यक्ष वैद्यले बताए ।
यस वर्ष आइटीटी एफ फाउन्डेसन, जर्मनीले आधिकारिक प्रमोटका रूपमा विश्वभरिबाट २५ जना प्रशिक्षकलाई छनोट गरेको थियो । आईटीटी एफ फाउन्डेसन, जर्मनीलाई यस प्रतिष्ठित र महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न चयन गरेकोमा रावलले धन्यवाद दिए । कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा उनले अखिल नेपाल टेबलटेनिस संघलाई पनि धन्यवाद ।