बाँके एमालेले गर्यो कार्यविभाजन
Sunday, April 17th, 2022, 9:22 pm
Kalpristha
नेकपा एमाले बाँकेले पार्टीको विभिन्न विभागको कार्यविभाजन गरेको छ । नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिलाई समग्र पार्टी काम र जनकार्य, डिल्ली विसीलाई स्कुल विभाग प्रमुख, रत्न खत्रीलाई संगठन विभाग प्रमुख, सतिश निरौलालाई प्रचार प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ न्याय तथा कानुन विभाग प्रमुखमा ऐन बहादुर मल्ललाई चयन गरिएको छ ।
एमाले बाँकेले ३४ सदस्यीय सचिवालयसमेत गठन गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा बलराम भंटराई, प्रदेश ‘क’ संयोजकमा सोहनलाल यादव, ‘ख’ संयोजकमा निर्मला सुनार, निर्वाचन क्षेत्र नम्बर २ संयोजक अशोक कर्माचार्य, प्रदेश ‘क’ संयोजक राम थापा, ‘ख’ संयोजक कृष्ण प्रसाद श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर ३ संयोजक भीम ओली, प्रदेश ‘क’ संयोजक विष्णुकान्त आचार्य र ‘ख’ संयोजक सतिश निरौलालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी युवा संघको इन्र्चाजमा तिलकवीर सुनार, अनेरास्ववियु इन्चार्जमा सूर्य रोकाय, जन सांस्कृतिक महासंघमा विष्णुकान्त आचार्य, राष्ट्रिय उद्योग व्यवसाय महासंघमा कृष्ण प्रसाद श्रेष्ठ, ट्रेड युनियन महासंघमा टेकबहादुर सिंजाली, अखिल नेपाल किसान महासंघमा सर्वजित विष्ट, नेपाल बुद्धिजीवी परिषद्मा मिनबहादुर मल्ल, अखिल नेपाल महिला संघमा भुमिसरा धिताल, पेशागत महासंघमा कृष्णकुमार थापा, प्रेस चौतारी नेपालको इन्चार्जमा किस्मतकुमार कक्षपतिलाई जिम्मेवारी दिएको प्रचार प्रसार विभाग प्रमुख निरौलाले बताए ।