बालबालिका शिक्षाको पहुँच बाहिर
Thursday, April 21st, 2022, 9:12 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ८ वैशाख
त्रिपुरासुन्दरी नगरपालिकामा २ सय ८१ जना सिमान्तकृत बालबालिका शिक्षाको पहँुच बाहिर रहेको एक अध्यनले देखाएको छ । गुणस्तरीय शिक्षा विकासको लागि काम गर्दै आइरहेको समाज जागरण केन्द्र (स्याक)ले जिल्लाका त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, डोल्पोबुद्ध, काइके, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकामा गरेको स्थलगत अध्यायनको क्रममा ठूलोसंख्यामा सिमान्तकृत बालबालिका अझै शिक्षाको पहुँच बाहिर रहेको पाएको हो ।
कर्णालीमा सिमान्तकृत बालबालिकाहरुको प्रतिभा समानता र आकाँक्षा प्रवदर््न (स्टेप अहेड परियोजनाअन्तर्गत समावेशी गुणस्तरीय शिक्षा सम्बन्धी सरोकारवाल निकायसंगको नीतिगत संवाद कार्यक्रममा शिक्षाको पहुँच बाहिर रहेका सिमान्तकृत वालवालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो । संस्थाकी जिल्ला कार्यक्रम संयोजक शसिकला पाण्डेले महिला वालवालिकाको शैक्षिक लगायत राजनीतिक सामाजिक आर्थिक पक्षको समेत संस्थाले वकालत गरिरहेको बताइन् ।
शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाको पहिचान आर्थिक, सामाजिक, पारिवारिक अवस्था लगायतको अध्यायनको क्रममा ६ ओटा पालिकाहरुमा गरिएको अध्यायनमा २ सय ८१ ओटा सिमान्तकृत बालबालिकाको पहिचान भएकोमा त्रिपुरासुन्दरी नगरपालिकामा मात्र शिक्षाको पहुँच वाहिर एक सय सिमान्तकृत वालवालिका रहेको कार्यक्रम संयोजक पाण्डेले सार्वजनिक गरेको अध्यायन प्रतिवेदनमा उल्लेख छ ।
३१ ओटा विद्यालय रहेको त्रिपुरासुन्दरी नगरपालिकामा १६ ओटा विद्यालयमा समाज जागरण केन्द्र (स्याक)ले शिक्षा विकासको लागि काम गर्दै आइरहेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका नगरशिक्षा प्रमुख तथा निमित्त प्रशासकीय अधिकृत भिमबहादुर थापाले त्रिपुरासुन्दरी नगरपालिकामा कुल जनसंख्याको ३३ प्रतिशतका दरले ४ हजार ३ सय बालबालिका मात्र शिक्षाको पहुँचमा रहेको बताए ।
शिक्षाको गुणस्तरीय विकासको लागि अभिभावक शिक्षक विद्यार्थी व्यवस्थापन समिति नागरिक समाज सबैको सकरात्मक सोचको आवश्यकता रहेको उल्लेख गर्दै विद्यालयले विद्यालय धार योजना बनाउदा विद्यार्थीको सर्वाङ्गिण विकास हुने गरी बनाउनु पर्नेमा थापाले जोड दिए । कार्यक्रममा अभिभावक संघ व्यवस्थापन समिति जनप्रतिनिधि नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।