डोल्पामा विप्लव(नेकपा)को भण्डाफोर कार्यक्रम
Friday, April 22nd, 2022, 6:10 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ९ वैशाख
स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा विप्लव नेत्ृत्वको नेकपाले जिल्लामा निर्वाचन लक्षित भण्डाफोर कार्यक्रम संचालन गरेको छ ।
विप्लव नेकपाले त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट बजारमा आयोजना गरेको भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज प्रेमप्रकाश वली (धमिल)ले आफ्नो पार्टी स्थानीय तह निर्वाचनमा प्रत्यक्ष रुपमा सहभागि नभएपनि स्वच्छ असल आचरण छबि भएका उम्मेद्वार वा व्यक्तिलाई आफुहरुको सर्मथन हुने बताए । वर्तमान व्यवस्थालाई दलाल पूजिपति संसदीय प्रणालीको संज्ञा दिदै आफ्नो पार्टीको लक्ष्य उद्ेश्य वैज्ञानिक समाजवाद उन्मुख ब्यवस्थाको स्थापना रहेको उनले बताए ।
धनबहादुर र वीरबहादुर नामका भरष्टहरुले जिल्लामा सरकारी वजेटको आडमा आतंक मच्याउदै आफ्नो पार्टी र पक्षमा लाग्न जनतालाई भ्रम छर्किरहेको आरोप लगाए । नेकपा विप्लबका जिल्ला नेता सागर शाहीले निर्वाचन लक्षित भण्डाफोर अभियान कार्यक्रम सदरमुकाम दुनैवाट सुरु भएर ८ ओटै स्थानीय तह वडामा समेत जारी रहने उनले बताउ ।
वर्तमान अवस्था असफल सावित भइरहेकाले सर्वमान्य व्यवस्था स्थापना र जनगणतन्त्र ल्याउन जनमत संग्रहमा जान आवश्यक रहेको शाहीको भनाई थियो ।
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले आफ्नो सम्बोधनमा वैशाख ८ गतेवाट काइके गाउँपालिकाले सासंद धनबहादुर बुढाको इसारामा नाकावन्दी गर्नु गलत रहेको बताएका छन् ।