दाङ फुटबलको अध्यक्षमा धिताल
Saturday, April 23rd, 2022, 9:22 pm
Kalpristha
दाङ जिल्ला फुटबल संघको अध्यक्षमा संजात धिताल निर्वाचित भएका छन् । संघको शनिवार बेलझुण्डिमा सम्पन्न जिल्ला अधिवेशन, निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष कार्यकालका लागि धिताल अध्यक्ष रहेको संघको १५ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले निर्वाचित गरेको हो ।
जसअनुसार संघको वरिष्ठ उपाध्यक्षमा बुद्धिराम पुन, उपाध्यक्षद्वयमा पवन कुमार योगी र अशोक रोकामगर, महासचिव लक्ष्मण बस्नेत, कोषाध्यक्षमा वसन्त पुरी निर्वाचित भएका छन् । त्यस्तै संघको सदस्यहरूमा महिला सदस्य प्रकृति पुन, सदस्य सन्तोष गुरुङ, बिजय डाँगी, भीमबहादुर चौधरी, अम्मर मगर,केशव चौधरी, टोप बिक्रम राणा, शरद गौतम र गोपाल कुँवर निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेमबहादुर वलीले जानकारी दिएका छन् ।
अधिवेशन दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य एवं अधिवेशन प्रतिनिधि प्रदेशसिंह राठोरको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा संघका निर्वाचित अध्यक्ष लगाएत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर वलीले पदभार ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य प्रदेश सिह राठोर, निर्वाचन समितिका संयोजक अधिवक्ता वली, पुनरावेदन समितिका संयोजक अधिवक्ता रामशरण चौधरी, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख तथा निर्वाचन समिति सदस्य पद्मा चौधारी लगाएतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
यसैबिच अधिवेशन लगत्तै बसेको संघको पहिलो बैठकले अखिल नेपाल फुटबल संघ एन्फाको बिधान अनुसार संघको महासचिव पदमा लक्ष्मण बस्नेत र कोषाध्यक्षमा बसन्त पुरीलाई मनोनित गरेको छ ।
चितवनमा पुनः कार्की
त्यस्तै जिल्ला फुटबल संघ चितवनको अध्यक्षमा श्रीकृष्ण कार्की पुनः निर्वाचित भएका छन् ।
शनिबार भएको साधारण सभाबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा अनिल शाक्य,विजय घले र विनोद लामा निर्वाचित भए ।
सदस्यमा दीपक गुरुङ, लाल सिंह गुरुङ, शम्भु विक, रणबहादुर घले, नविन बस्याल, वरुण बस्नेत, अरुणराज वन्त, प्रेमबहादुर गुरुङ, ध्रुव भुसाल, शकुन्तला खड्का र कृष्णबहादुर कार्की निर्वाचित भए ।
संघको महासचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशी मनोनित भए ।