कथा – सौतेनी आमा
Saturday, April 30th, 2022, 4:53 pm
Kalpristha
विक्रम वली ‘नेपाली बाबू’
एउटा ठुलो जङ्गलको बीचबाट मुल खोला आफ्नै प्राकृतिक धुनमा स्वर हाल्दै सुस्साएर गित गाउँदै कलकल बगिरन्थ्यो । त्यहीँ खोलाको किनारमा एउटा ठुलो जानुनाको रुख थियो । त्यही रुखको एउटा हाँगामा मुखको चुच्चोले स–साना झिजाका अंश ल्याएर जोडेर आफ्नो सानो घर बनाएर एक जोडी ढुकुर बसेका थिए । घर बनाई सके , केही दिन त यताउता गरिरहे ती जोडी ढुकुर ।
केहि दिनपछि पोथी ढुकुरले गर्भधारणको स्वरुपमा अण्डा पार्न थाली । अण्डा पारिसकेपछि अण्डा कोरल्न थाली । पोथी ढुकुर अण्डा कोरल्थी त भाले ढुकुर कहिले भोक मेट्न आहार खोज्न जान्थ्यो त कहिले नजिकैको अर्को सालको रुखको हाँगामा बसेर ढुकुरकुर गर्दै कराईरन्थ्यो। कोहि मान्छे आएको देख्यो भने स्याँ स्याँ गरेर पोथी ढुकुरलाई संज्ञा दिन्थ्यो ।
आफू पनि लुकेर बस्थ्यो । मान्छे गएपछि फेरि ढुकुरकुर गर्दै घुर्न थाल्थ्यो ।
केहि दिनपछि पोथी ढुकुरले अण्डा कोरलेपछि ती अण्डाबाट बच्चा भए। त्यसको एकदुई दिन त भाले ढुकुरले नै पोथी ढुकुर र बच्चालाई आहार र पानी ल्याएर खुवायो । भाले ढुकुरले अब त म सक्दिनँ भनेपछि दुई दिनपछि पोथी ढुकुर आफैं बच्चा र आफ्नो लागि आहार र पानी आफ्नो सानो चुच्चोमा च्यापेर ल्याएर खुवाउन थाली । यसो गर्दा पोथी ढुकुरलाई निकै गाह्रो हुन्थ्यो । त्यो देखेर भाले ढुकुर फेरि आफू पनि आहारा खोजेर ल्याउँथ्यो र खुवाउँथ्यो। आठ÷दस दिन त यिनिहरूको यसैगरी राम्रोसँग नै चल्यो ।
एकदिन पोथी ढुकुर आहारा खोज्नको लागि सधैं झैँ गुडबाट उढेर गइ। बन छेउमा ठुलो खेत थियो । त्यही गई।सधा झैँ भुरुरु उडेर खेतको गरामा बसि । बच्चाको लागि आहारा ल्याउँछु भनेर गएकी पोथी ढुकुर किसानले थापेको जालोमा परि । लाख कोसिस गर्दागर्दै पनि उम्कन सकिन। उता बच्चा आमाले कतिखेर ल्याउला र खाउँला भनेर कुरेर बसिरहेका थिए भने यता बच्चाकै लागि आहारा खोज्न गएकी आमा किसानको पासोमा परेकी थिई । पोथी ढुकुर चिन्तामा पर्न थाली मेरा बिचरा बच्चा अझै मेरै आशमा बसेका होलान्, यता म कालको मुखमा परेँ । म अभागी रहेछु। बच्चालाई जन्म र दिएँ तर कर्म दिन सकिनँ।केही छिनमा किसान आयो र पासोबाट पोथी ढुकुरलाई निकालेर लगएर आफ्नो भोजनको संवाद बनायो ।
उता आमाको आशमा बसेका बचेरा भोक र प्यासले ब्याकुल भएका थिए । साँझसम्म आमा आईनिन् साँझ परेपछि भाले ढुकुर आयो पोथी ढुकुर देखिन । यताउता हे¥यो कतै भेटिन । अर्को दिन बिहान भयो । आहारा र पोथी ढुकुर खोज्न गयो कतै भेटिन । एकदुई दिनसम्म त भालेले आफैं आहारा ल्याउँदै खुवाउँदै ग¥यो तर केहिदिनपछि भालेले अर्को पोथी ल्याएर आयो तर त्यो पोथीले सौताका छोराछोरीलाई के माया गर्थि र । उसमा पनि सौतेनी रोगले छोएकै थियो। ल्याएको केही दिनपछि छेउकै रुखमा गुड वनाएर अर्को पोथीले अण्डा पार्न थाली ।
ती सौताका बच्चालाईलाई केहि खान पनि दिइन। भाले ढुकुरले पनि हेरेन। आमाबिनाक्क टुहुरा बच्चा भोक र प्यासले छतपटाउन थाले। आमाकै पर्खाइमा बसेका ती बच्चा अन्त्यमा भोक भोकै मरे। अन्तिम समयसम्म आमाको आशमा बसेका बच्चा त्यही गुडमा नै उनीहरुको अस्तु मात्र रह्यो। आमाको मृत्युपछि सौतेनी आमा लिएका बाउ पनि कान्छा बाउ हुँदा रहेछन् झन् सौतेनी आमा त सौतेनी आमा नै हुन् ।
घोराही, दाङ