एनआरएन अमेरीका : मुद्धा मामिला गर्नेलाई झट्का, बर्तमान कार्यसमितीले मुद्धा जित्यो
Tuesday, April 4th, 2017, 10:36 pm
amit
अमेरीका : गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको बर्तमान कार्यसमितीले मुद्धा जितेको छ ।
बर्तमान कार्यसमिती बिरुद्ध अमेरीकाको टेनिसी अदालतमा परेको मुद्धामा अदालतले मंगलवार एनआरएनको बर्तमान कार्यसमितीको पक्षमा फैसला गरेको छ । दुई वर्ष अघिको चुनावमा बर्तमान कार्यसमितीका अध्यक्ष डा. केशव पौडेलका प्रतिद्धन्द्दी नगेन्द्र पौडेलले बिभिन्न आरोप लगाउंदै टेनिसी अदालतमा मुद्धा दर्ता गरेका थिए ।
फर्जि सदस्य बनाएर भोट हालेको, एकै आइपीबाट धेरै भोट हालिएको लगायतका आरोप लगाउंदै दाएर गरिएको मुद्धामा अदालतले मंगलबार फैसला स ुनाएको र सम्मानीत अदालतको फैसलाले उत्साहीत बनाएको एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले बताउनुभयो । अनावश्यक रुपमा मुद्धा मामिला गरेर एनआरएनको बदनाम गर्नेहरुका लागी अदालतले गतिलो फैसला स ुनाएको छ अध्यक्ष डा. पौडेलले भन्नुभयो ।
अदालतको फैसला पछि एनआरएनका सबै पदाधीकारी खुसी भएका छन् । अनावश्यक मुद्धा मामिला गर्नेहरुलाई अदालतको फैसलाले गतिलो झापड हानेको छ एनआरएन अमेरीकाका एक पदाधिकारीले भने – “अव पनि समाजमा भांड भैलो सृजना गर्नलाई मुद्धा मामिला गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्दछ ।”
अदालतको फैसला एनआरएनका पक्षमा आएपछि अव एनआरएन अमेरीका पुर्ण रुपमा आगामी कार्यसमितीका लागी निर्वाचनमा होमिने भएको छ ।