खजुरामा गठबन्धन र एमालेको तीव्र प्रतिपर्धा
Sunday, May 1st, 2022, 9:41 am
Kalpristha
विक्रम बुढाक्षेत्री
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि खजुरावासीको ध्यानाकर्षण खिच्न राजनीतिक दलहरु तीव्र रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् । खजुरा गाउँपालिकामा प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धन र नेकपा एमाले रहका छन् ।
पालिकाको अध्यक्ष पदका गठबन्धनतर्फको माओवादीबाट डम्बर विक ‘तुफान’ र एमालेबाट सुमन मल्लको मनोनयन भएका छ भने उपाध्यक्षमा गठबन्धनतर्फको कांगे्रसबाट मञ्जु मल्ल र एमालेबाट नजिरा बेगमको उमेदवारी दर्ता भएको छ ।
खजुरा गाउँपालिकामा भने २०७४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याएको थियो जसमा अध्यक्ष पदमा किस्मत कुमार कक्षपति र उपाध्यक्ष पदमा एकमाया विकले जितेकी थिइन् । सुमन मल्ल पनि पालिकाको वडा नम्बर १ का वडाध्यक्ष रहेको छन् । तुफानले भने २०७४ सालको सालको स्थानीय चुनावमा पालिकाका अध्यक्ष किस्मत कुमारसँग हार व्यहोर्नु परेको थियो ।
पुनः पालिकामा एमालेको जितका लागि सुमनले जोड लगाइ रहेका छन् भने एमालेको जितलाई चिर्न गठबन्धनका तुफान प्रत्यक्ष जनतालाई भेट्दै उनका गुनासा, समस्यालाई टिपोट गर्दै हिँडिरहेका छन् । यद्यपी दुवै पक्षले आ–आफ्नो तर्फबाट पालिका जित्ने विश्वास पनि व्यक्त गरेका छन् ।
बाँकेको राजनीतिक परिवेसमा ‘तुफान’ नाम एक तत्कालीन माओबादी कमाण्डरको हो भने सुमन युवा व्यवसायिकाका रुपमा परिचित छन् । थोरै बोल्ने तर बोलेको काम पूरा गर्ने सुमनमा बानी रहेको जनताको बुझाइ छ ।
जितका लागि दुवै उमेदवारहरुले आफ्नो प्रसार र जनतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उमेदवार सुमन मल्ल र डम्बर विक ‘तुफान’ बीच कडा प्रतिस्पर्धा हुने निस्चित देखिएको छ । एमालेका उमेदवार मल्ल पनि खजुरामा एक बलियो उमेदवार रहेकोले अलि धेरै नै मेहनत गर्न पर्ने ‘तुफान’का समर्थकहरु बताउँछन् ।
विगत ५ वर्ष देखि खजुराको सरकार प्रमुख बन्न चाहेका ‘तुफान’ ले मतदाता भेटघाटलाई सुस्म ढङबाट अगाडि बढाई रहेका छन् । खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको दिन समग्र जनताको जित हुने ‘तुफान’ बताउँछन् ।
गठबन्धनले खजुरा जितिसक्यो : तुफान
.
खजुरा गाउँपालिकाको स्थानीय चुनावमा प्रमुख प्रतिस्पर्धी रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले पालिका जित्ने प्रवल सम्भावना रहेको बताएको छ । चुनाव नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तीव्र गति दिएको गठबन्धनले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेलाई पालिकामा हराउने दावी गरेको हो ।
घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादीबाट अध्यक्ष पदका उमेदवार डम्बर विक ‘तुफान’ पालिकाको चुनावमा गठबन्धन हावी हुने बताउँदै आएका छन् ।
अध्यक्ष पदका उमेदवार तुफानले पाँच वर्षमा एमाले सरकारले वास्तविक पीडित किसानलाई हेर्न नसकेको बताए । जनतासँगको भेटघाटमा स्थानीय सरकारले पाँच वर्षको अवधिमा सिमलघारीका जनताको जीवन उकास्न शिक्षा, कृषि, पूर्वाधार विकासलगायतका काममा केही गर्न नसकेको बताए । तुफानले नयाँबस्तीका जनाताले स्थानीय सरकार आएको महसुस नै गर्न नपाएको बताए ।
‘देशको तोकतन्त्र बचाउन केन्द्रीयस्तरबाट गठबन्धन भएको छ । पटक–पटक एमाले सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहँदा लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन गर्न आवश्यक रह्यो,’ तुफानले बताए ।
तुफानले पाँच वर्षसम्म खजुरावासीले दमन सकेर बस्नु परेको बताए । वैशाख ३० गते खजुरावासीले दमनबाट मुक्ति पाउने र गठबन्धनलाई बहुमतले जिताउने बताए ।
गठबन्धनलाई बहुमतले जिताउन अनुरोध गर्दै गठबन्धन हार्नु भनेको खजुरावासी हार्नु रहेको तुफानले बताए ।
खजुरामा एमालेले बहुमत ल्याउँछ : मल्ल
.
खजुरा गाउँपालिकामा नेकपा एमालेले बहुमत ल्याउने एमालेबाट पालिका अध्यक्ष पदका उमेदवार सुमन मल्ल बताउँछन् । जनताले योपटक पनि एमालेलाई विश्वास गरेर भोट हाल्ने मल्लको विश्वास रहेको छ ।
तीव्ररुपमा घरदैलो कार्यक्रममा व्यस्त रहेको मल्ल आफू भ्रष्टचार नसहने बताउँदै आएका छन् । जीवनमा कहिलै भ्रष्टचार गर्न नपरोस भनि सदैव यसको विरुद्धमा उभिने प्रतिवद्धता उनलको रहेको छ । भ्रष्टचार बढ्दै गएको र यसले देशको विकासमा नराम्रो असर गरेको बताउँदै उनले यसलाई शून्यमा झार्नका लागि जनताले मत दिएर एमालेलाई जिताउन आवश्यक रहेको उनले बताए ।
आफ्नो पार्टीको प्रतिवद्धता बोकेर घरदैलोमा पुग्ने मल्ल अनावश्यक प्रतिवद्धता गरेरमात्र नहुने बताउँछन् । मल्लले आफूले काम गर्न सक्ने जति नै प्रतिवद्धता पत्रमा राखेको र काम गर्न नसक्ने कुरा नराखिएको उल्लेख गरे । ग्रामिण स्तरमा रहेका जनतालाई आफुले पहिलो प्राथमिकता दिने उनले बताए ।
मल्ल कुनै पनि नागरिक भोको र विना घर बस्न नपर्नै हुदाँ आफुहरुलाई विस्वास गर्न आग्रह गरे । अध्यक्ष पदका उमेदवार मल्लले भने – ‘मैले पुरा गर्न नसक्ने कुरा भन्दिन, त्यसैले जे सक्छु त्यो भन्छु ।’ आफु र आफ्नो पार्टिले गरेको प्रतिवद्धताको हरेक बुदा पुरा गरेर देखाउने उनले बताए ।