नेजस साधारण सभाको तयारी पुरा, न्युयोर्क च्याप्टर संस्थागत रुपमा सहभागी हुने
Friday, April 21st, 2017, 8:33 am
amit
न्युयोर्क – नेपाली जन सम्पर्क समितीको न्युयोर्क च्याप्टरले साधारण सभामा सहभागी हुने संस्थागत निर्णय गरेको छ ।
जन सम्पर्क समितीले यही २२ तारिखमा भर्जिनियामा प्रथम साधारण सभा आयोजन ा गर्ने भएपछि असन्तुष्ट बिष्णु स ुबेदी पक्षले पनि न्युयोर्कमा सोही दिन अर्थात यही २२ तारिखमा राष्ट्रिय प्रतिनिधी भेला आयोजना गर्ने भएपछि अन्यौल छाएका बेला न्युयोर्क च्याप्टरले साधारण सभामा सहभागी हुने निर्णय गरेको सभापती रोशन ढुङ्गानाले बताउनुभएको छ ।
नेजस केन्द्रिय समितीको निर्णय र नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालयले समेत सोही मिती र स्थानमा साधारण सभा सम्पन्न गर्न दिएको निर्देशन अनुसार न्युयोर्क च्याप्टर पनि संस्थागत रुपमा साधारण सभामा सहभागी हुन लागेको बताइएको छ ।
यसैबीच साधारण सभाको सम्पुर्ण तयारी पुरा भएको र अमेरीकाभरबाट प्रतिनिधी भर्जिनिया पुग्न शुरु गरेको बताइएको छ । यस्तै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले समेत शुभकामना सन्देश पठाइसकेको जन सम्पर्क समिती अमेरीकाका सभापती आनन्द बिष्टले बताउनभएको छ । सभापती विष्टले साधारण सभालाई सफल बनाउन तथा सहभागी बन्न आग्रह गर्नुभएको छ ।