बांकी काम पुरा गर्न मेरो उम्मेद्वारी – डा. केशव पौडेल
Saturday, April 22nd, 2017, 9:36 am
amit
भर्जिनिया – गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले यो कार्यकालमा अघि सारेका र पुरा नभएका काम पुरा गर्नलाई आगामी कार्यकालका लागी पनि अध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभएको छ ।
शुक्रवार भर्जिनियामा एनआरएन अमेरीकाको आगामी अध्यक्षका लागी उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारहरुबीचको बहसका क्रममा आफ्ना भनाई राख्दै डा. पौडेलले यो कार्यकालमा अगाडी सारिएका र पुरा हुन बांकी कामहरुलाई पुरा गरेर एनआरएनलाई सबैको साझा फुलवारी बनाउन आगामी कार्यकालमा पनि अध्यक्षमा आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पार्नुभयो ।
आगामी कार्यकाल मेरो नेतृत्वमा बलियो टिम बनाएर अगाडी बढ्ने योजना हो डा. पौडेलले भन्नुभयो – “यहांका दक्ष नेपाली जनशक्तिको नेटवर्क तयार गरेर नेपालमा केही गर्ने वातावरण सृजना गर्न पनि मेरो नेतृत्व आवाश्यक ठानेको छु ।”
अमेरीकामा रहेका सयौं नेपाली संस्थाहरु प्रति एनआरएन अमेरीकाको संधै सदासयता रहने बताउंदै डा. पौडेलले आर्थिक रुपमा नेपालीका संघ संस्थालाई सहयोग गर्न नसकेपनि अन्य सहयोग जारी रहने बताउनुभयो ।
यो कार्यकालमा संगठन चुस्त दुरुस्त संगठन चलाउन सक्नुभएन नी भन्ने प्रश्नमा डा. पौडेलले प्रश्न निराधार भएको बताउनुभयो । संगठन चलाउन सकेन भन्नु जायज हैन डा. पौडेललले भन्नुभयो – “यही कार्यसमितीले बिभिन्न कामहरु अगाडी बढाएको छ अव यी कामहरु पुरा गरेर एनआरएनलाई सांच्चीकै गैर आवासीय नेपालीहरुको हकहितका लागी लागी परेको संस्था बनाउनु छ । ”
राजनीतिक रुपले जन सम्पर्क समिती संग आवद्ध हुनुहुन्छ नी भन्ने प्रश्नमा बहसमा सहभागी सबै अध्यक्षका उम्मेद्वारहरुले शुरुमा जन सम्पर्क समिती संग आवद्ध भएपनि एनआरएन राजनितीक संगठन नभएकोले एनआरएनमा गइसकेपछि राजनीतिक गन्ध आउन नदिने प्रतिबद्धता जनाएका थिए ।
बहसमा सहभागी अन्य अध्यक्षका प्रत्यासी बर्तमान कार्यसमितीका बर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल तथा बर्तमान कार्यसमिती उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी रबिना थापाले पनि आफ्नो अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुको कारण स्पष्ट पारेका थिए ।
भिजन फर नेपाल फाउडेशनको आयोजना तथा युनाइटेड नेपलिज फेलोसिप नामक संस्थाको सहयोगमा सम्पन्न बहसमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका सबैलाई उपस्थित हुन आग्रह गरिएपनि गौरी जोशी, राम सिं पोखरेल लगायतका अध्यक्षका आकांक्षीहरु उपस्थित भएनन् ।