जन सम्पर्क समिती अमेरीकाको साधारण सभा जारी, डेलगेट्स भेला स्थगित
Sunday, April 23rd, 2017, 2:02 am
amit
भर्जिनिया- नेपाली जन सम्पर्क समिती अमेरीकाको प्रथम साधारण सभा भव्य समारोहका बीच अमेरीकाको भर्जिनियामा शुरु भएको छ ।
नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिवन बहादुर शाहीले उद्घाटन गरेको साधारण सभामा अमेरीकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की, नेपालका लागी पुर्व अमेरीकी राजदुत स्कट एच डेलीसी, गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल, नेपाल सरकार परारष्ट्र मन्त्रालयका अवैतनीक सल्लाहकार तथा एनआरएन अमेरीकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्री, महावानिज्य दुत पे्रमराजा महत, वानिज्य दुत कृषु क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएको नेपाली जन सम्पर्क समिती अमेरीकाका प्रचार बिभाग प्रमुख गोकुल ढकालले जानकारी दिनुभयो ।
प्रमुख ढकालका अनुसार साधारण सभाको बन्द सत्र शुरु भएको छ । बन्द सत्रमा बिधान संसोधन तथा आगामी महाधिबेसनका बारेमा छलफल गरेर निश्कर्ष निकालीने बताइएको छ । जन सम्पर्क समिती अमेरीकाका सभापती आनन्द बिष्टको सभापतित्वमा जारी साधारण सभामा जन सम्पर्क समितीका पदाधीकारी, परिबेक्षक लगायत नेपाली कांग्रेसमा आस्था राख्नेहरुको उल्लेख्य सहभागीता रहेको छ ।
उता असन्तुष्ट विष्णु स ुबेदी समुहले न्युयोर्कमा गर्ने भनिएको राष्ट्रिय प्रतिनिधी (डेलिग्ट्स) भेला स्थगित गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको आग्रहमा भेला स्थगित गरिएको बताइएको छ । जन सम्पर्क समितीका पुर्व संयोजक समेत रहेका स ुबेदीले पार्टीको निर्देशन र आग्रहलाई शिरोपर गर्दै भेला स्थगित गरिएको बताउनुभएको छ ।