कोहलपुरमा भित्रियो बारुणयन्त्र, जिल्लाभर सेवा प्रदान गरिने
Saturday, May 13th, 2017, 3:53 am
amit
संगिन शर्मा
बाँके- कोहलपुर नगरपालिकामा पहिलो पटक बारुणयन्त्र (दमकल) भित्रिएको छ ।
नगरपालिका घोषणा भएको लामो समयपछि कोहलपुर नगरपालिका कार्यालयले आप्mनै बारुणयन्त्र भित्राएको हो । नेपाल सरकारको ६९ लाख अनुदान रकमबाट ४५ सय लिटर पानी अट्न सक्ने क्षमताको नयाँ बारुणयन्त्र खरिद गरिएको कोहलपुर नगरपालिका कार्यालयका सुचना अधिकृत शरद बडालले जानकारी दिए ।
नगरपालिका कायम हुनलाई आवश्यक पुर्वाधार अन्तर्गत दमकल सेवा महत्वपूर्ण हुने भएकाले तत्काललाई ४५ सय लिटर पानी अट्ने क्षमताको दमकल ल्याईएको बडालले जनाए ।
आवश्यक जनशक्तिको अभावका कारण नगरपालिका कार्यालयबाट हुने दैनिक क्रियाकलाप संचालनमा समेत समस्या भैरहेको जनाउँदै बडालले दमकल सेवालाई प्रभावकारी ढंगले संचालन गर्न चुनौती थपिएको बताए ।
बारुणयन्त्र भित्रिएसँगै नगरपालिका कार्यालयलाई थप सुनौतीको सामना गर्नुपर्ने देखिएको छ । आवश्यक जनशक्तिको अभावमा नगरपालिकाका कर्मचारी तथा सुरक्षाकर्मीहरु स्वयं बारुणयन्त्र संचालनका लागि तैनाथ हुनुपर्ने स्थिती रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
बारुणयन्त्र भित्रिएसँगै कर्मचारीहरुलाई त्यस सम्बन्धि तालिम दिईएको सुचना अधिकृत बडाल बताउँछन । यसका अलावा कोहलपुरमा पानीका लागि आवश्यक जलाशयको अभाव भएका कारण नगर क्षेत्रभित्रको जनसँख्याको चाँप अनुसार तत्काल १० हजार लिटर पानी अटाउने ट्याङ्की निर्माण गरिनुपर्ने बताउँदै सुचना अधिकृत बडालले बारुणयन्त्रले नगर क्षेत्रका अलावा जिल्ला भर सेवा प्रदान गर्ने बताए ।
जिल्लामा नेपालगञ्ज उप–महानगरपालिकासँग दुई वटा दमकल रहेकोमा एउटा प्रयोग बिभिन अवस्थामा छ । प्रयोगमा रहेको एउटा दमकल समेत जिर्ण अवस्थामा रहेकाले सम्भावित दुर्घटना न्यूनिकरणका लागि कोहलपुर नगरपालिकाले दमकल भित्राएको बताईएको छ ।
गर्मि महिनामा आगलागीको उच्च जोखिममा रहेको बाँकेमा आगलागीका घटनाहरु उल्लेख्य मात्रमा हुने भएकाले थप दमकलको आवश्यकता महशुस गरि नगरपालिकाले दमकल खरिद गरेको बडालले जानकारी दिए ।