एनआरएन अमेरीका: महासचिवका उम्मेद्वार मल्लका यस्ता छन् प्रतिबद्धता
Friday, May 19th, 2017, 2:47 am
amit
अमेरीका– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आगामी कार्यकालका लागी महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका महेश मल्लले बिभिन्न प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । नेपालको काभ्रेपलान्चोकमा जन्मेर हाल अमेरीकाको न्युयोर्क निवासी मल्लले आफु महासचिवमा निर्वाचित भएपछिका एजेण्डाहरु बुंदागत रुपमा सार्वजनिक गरेका हुन् । हाल एनआरएन न्युयोर्क च्याप्टरको महासचिव समेत रहेका मल्ल बिभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय छन् । मल्लले महासचिव निर्वाचित भएपछिका आफ्ना प्रतिबद्धताहरु बुंदागत रुपमा यसरी सार्वजनिक गरेका छन् ।
१. एनआरएनए सदस्यहरु बाहुल्य भएका शहरहरुमा हेल्प डेस्कको ब्यवस्था गर्ने
२. नियमित टाउनहल मिटिङ गर्ने र संस्थाको गतिबिधी जानकारी गराउने जसले गर्दा संस्थामा पारदर्सिताको बिकास भै सदस्यहरु बिच संस्थाप्रति बिश्वास र लगाव बढ्नेछ
३. ब्यबसायिकता र विभिन्न आवश्यकताका अनुसारका सेमिनारहरु गर्ने
४. सदस्यता वितरण सधै खुल्ला राख्ने र नवीकरण अभियानलाई अध्यावधिक राख्ने
५. नेपाली कम्युनिटी हल न्यूयोर्क शहर लगायत नेपालीहरु बाहुल्य भएका शहरहरुमा बनाउन पहल गर्ने
६. एनआरएनए परिचय पत्र (Membership ID) प्रदान गर्ने
७.एनआरएनए अमेरिकाको Website बृहत जानकारी मुलक बनाउन मिडिया कोअर्डिनेटरलाइ बिशेष कार्यक्रम बनाउन र त्यसको अनुगमन लगाउने
८. मिडिया, युवा, महिला र अर्थका डिपार्टमेन्ट हेडहरुले आ-आफ्नो कार्य गरेको कुरा हप्ताको एक पटक मनिटरिङ्ग गर्नेछु र आवश्यकता अनुसार अध्यक्षसंग परामर्श गरि बैठकमा रिपोर्टिंग अनि पब्लिकमा सुचना दिने समेत गर्नेछु
९. एनआएएन डे October 11 लाई बिबिधता सहित मनाउन सुरु गराउने छु
१०. एनआरएनए अमेरिका र आइसिसिसंग महासचिवको हैसियतले गर्नुपर्ने संचार र सम्पर्क नियमित र आवश्यकता अनुसार गर्नेछु
११. अध्यक्षको घोषणा पत्र र आफ्नो एजेन्डाका कुरा समेत थपेर अध्यक्षसँग परामर्श गरेर संस्थाको पहिलो बैठकबाट अनुमोदन गराई बार्षिक र दुइबर्षे योजनामा सो कुराहरु पुरा के कसरी गर्ने भनेर योजना बैठक बोलाउने छु
१२. अमेरिका भरिका सम्पूर्ण नेपाली मुलका संघ-संस्थाहरुसंग सम्पर्क राखी सहकार्य र सहभागिता बारे नियमितता गर्नेछु
१३. बार्षिक साधारण सभा, अधिवेशन र योजना बैठक र फिजीकल बैठकहरु बार्षिक र दुइबर्षे कार्य योजनामा उल्लेख गरिनेछ
१४. च्याप्टरहरुको ब्यबस्थित संचालन गर्न च्याप्टर संचालन निर्देशिक पहिलो ३० दिनमा नै तयार गरी कार्यन्वयनमा लैजानेछु
१५. बार्षिक र दुइबर्षे कार्ययोजना अनुसारका विभिन्न कमिटीहरुको गठन प्रक्रिया पहिलो ३०-६० दिनमा नै पुरा गर्ने
१६. सल्लाहकारहरुको नियुक्तिमा एउटा सामान्यत नीति बनाइनेछ र सोही अनुरुप बिधान भित्र रहेर नियुक्ति गर्न कार्य गर्ने
१७. हरेक सदस्यहरुलाई नियमित सम्पर्कमा राख्ने र बिभिन्न सुबिधाहरु प्रदान गर्ने
१८. सल्लाहकार, आइसिसि सदस्य, डिआरसी, आरसी एनसीसीका विभिन्न कमिटिहरुको नियमित बैठक र सम्पर्क योजना बनाइ सो अनुरुप गर्नेछु
१९. हाल प्रशासनिक रुपमा आएका बिभिन्न विवाद र असामान्जस्यताहरुलाई संस्थागत रुपमा अन्त गर्न बिशेष कार्यहरु गर्नेछु
२०. आइसीसीको सन् २०१७ मा हुने बिशव सम्मेनल तथा अधिवेशनमा बिधान र अन्य संस्थागत परिमार्जन गर्न सुझाव सहति र पहल गर्नेछु
२१. संस्थाको नियमित बैठक गराउने र सो को निर्णय वेबसाइटमा सार्वजनिक गरिनेछ।
२२. एनसीसी र आइसीसीको आवश्यकता अनुसार थप कामहरु गर्नेछु