मनसराको आँखा विस्फोट, आधा केजी मासु बाहिर निस्कियो
Sunday, June 4th, 2017, 7:54 pm
amit
कालिकोट- कालिकोटको रास्कोट नगरपालिका–७ की एक बालिकाको आँखा विस्फोट भएको छ ।
स्थानीय रने लुवारको चार वर्षीया छोरी मनसरा लुवारको दायाँ आँखा विस्फोट भएको हो । विस्फोटबाट आँखाको भित्री भाग ठूलो आकारमा बाहिर निक्लिएको छ ।
गत फागुनमा पानीको नहरमा लडेर सामान्य चोट लागेको मनसराको आँखाको उपचार आर्थिक अभावका कारण ढिलाई भएको बाबु रने लुवारले बताए ।
उपचारकै सिलसिलामा रहेको बेला आँखाको नानी समेत फुटेर बाहिर निक्लिएको हो । चिकित्सकका अनुसार यो घटनालाई मेडिकल ब्लास्ट भएको बताएका छन् । आँखाको नानीमा क्यान्सर भएपछि विस्फोटको तहमा पुगेको चिकित्सकको भनाई छ । विस्फोटपछि आँखाको बाहिरी भागमा झण्डै आधा केजीको वस्तु झुण्डिएको छ, (हेर्नुस् तस्बिर) । बालिकाको स्वास्थ्यावस्था अहिले गम्भीर रहेको छ ।
बाबु रने र आमा रञ्जना लुवार छोरीको बचाउन सदरमुकाम मान्ममा याचना गरिरहेका छन् । छिमेकी कालिबहादुर महतारालगायतले उपचारका विभिन्न निकायमा सहयोगको पहल शुरु गरेका छन् ।
यसैबीच हिमचुली कृषि सहकारी संस्थाका कार्यकारी प्रमुख भिमप्रसाद बराल र सानिमा बैंकका कर्मचारीले सहयोग गरेका छन् । सहयोग रकम जुटाउन सानिमा बैंकमा खाता खोलिएको छ । सहयोग गर्न चाहनेहरुका लागि खाता नं. ०४४००००००१० रहेको छ ।