अर्जेन्टिनाको अप्रत्यासित हार
Tuesday, November 22nd, 2022, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमै साउदी अरेयिबासँग २–१ को अप्रत्यासित हार व्यहोरेको छ । पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा उपाधि दाबेदार अर्जेन्टिनाले खराब शुरुवात गरेको छ ।
अर्जेन्टिनाले पहिलो हाफमा गरेको ३ गोल डिस एलाउ भएसँगै दोस्रो हाफको शुरुवातमा केही पछि हटेर खेल्दा विपक्षी टोलीबाटको लगातार दुई आक्रमणमा गोल व्योहोर्नु नै अर्जेन्टिनाको लागि दुर्भाग्य बन्न पुग्यो ।
यसअघि सन् १९९० मा भएको विश्वकप फुटबलमा पनि क्यामरुनले अर्जेन्टिनामाथि १–० को अप्रत्यासित नतीजा निकालेको थियो । उक्त प्रतियोगितामा अर्जेन्टिना फाईनलसम्म पुगे पनि उपाधिबाट बिमुख भएको थियो । संयोग नै मान्नुपर्छ, क्यामरुनसँग हार व्यहोर्दा बहुचर्चित खेलाडी डियगो म्यारोडेना मैदानमा थिए भने साउदी अरेबियासँग पराजित हुँदा सात पटकको प्रतिष्ठित ब्लोन डि’ओर ट्रफी विजेता मेस्सी आप्mनो खेल जीवनकै अन्तिम फिफा गोल्डकपको खेल्दै छन् ।
ग्रुप स्टेजका बाँकी दुई खेलमा उत्तरी अमेरिकी राष्ट्र मोक्सिको र पोल्याण्डविरुद्धको खेलमा जित निकाल्नुको विकल्प छैन् । साउदी अरेयिबासँग खेलेको पहिलो खेलमा विपक्षीलाई कमजोर आक्दा पराजित हुनुपरेकोमा लियोनन मेस्सीमाथि आगामी खेलहरु जित्नैपर्ने दबाब बढेको छ । सन् २०१२ मा जापान र दक्षिण कोरिया सहआयोजक हुँदा दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसयता कुनै पनि एशियाली राष्ट्रहरु सेमिफाइनलसम्म पुग्न सकेको छैन् ।
कमजोर एशियन राष्ट्रमा साउदी अरेबियाले दुई पटकको फिफा विश्वकप विजेता अर्जेन्टिनालाई पराजित गरेर नयाँ इतिहास रचेको छ । प्रतियोगितापूर्व कतार विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई आप्नो फुटबल साख जोगाउन आगामी खेलहरुमा शत प्रतिशत नतीजा निकालेर अन्तिम सोह्मा पुग्न ठूलो मेहनत गर्नुपर्ने देखिन्छ ।