एनआरएन अमेरीकाको बोर्ड अफ डाइरेक्टरमा दिव्याको उम्मेद्वारी घोषणा
Sunday, June 11th, 2017, 2:08 am
amit
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी टेक्सासको अष्टिनबाट दिव्या के सी वलीले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
वर्तमान कार्यकाल एनआरएन अमेरीकाको टेक्सास च्याप्टर महिला बिभाग संयोजक रहेकी दिव्याले आगामी कार्यकालका लागी बार्ड अफ डाइरेक्टरमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । अमेरीकी नेपाली माझ परिचित दिव्याले सबैको साथ र सहयोगको अपेक्षा सहित आफुले उम्मेद्वारी घोषणा गरेको बताउनुभएको छ ।
गैर आवासीय नेपाली संघ एनआरएन को आसन्न निर्वाचनमा २०१७ २०१९ को लागी मैले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी घोषणा गरेको छु । म निरन्तर बिभिन्न संघ संस्थामा सक्रिय रहेको तथा हालको एनआरएन अमेरीका टेक्सास च्याप्टरको महिला संयोजक भएको नाताले धेरै साथीहरु र शुभेच्छुहरुबाट संस्थामा निरन्तरता दिन आग्रह गरिएको छ उम्मेद्धारी घोषणा गरेकी दिव्याले भन्नुभयो- “सबैको साथ सल्लाह र हौसलाले अझै मलाई वल प्रदान गरेको छ । ”
नेपालमा रहंदा बिभिन्न संचारमाध्यममा आवद्ध भएको काम गरेको अनुभव संगालेकी दिव्याले महिलाहरुलाई अगाडी बढाउन तथा समस्यामा परेका प्रवासी हुन या स्वदेशी महिलाहरुका लागी केही न केही कदम चाल्ने अठोट सहित बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको बताउनुभयो ।
एनआरएन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय दिव्याले आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ ।
सबैले साथ दिन्छौं र सहयोग गर्छौं भन्नुभाछ दिव्याले भन्नुभयो -“बोर्ड अफ डाइरेक्टरमा मेरो जित स ुनिश्चित जस्तै छ ।”