शाहको स्पन्दन बिमोचन
Sunday, December 4th, 2022, 12:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ मंसिर
गीतकार दिला शाहको गीति एल्बम ‘स्पन्दन’ शुक्रबार नेपालगन्जमा बिमोचन गरिएको छ । एल्बम शाहकी माता देवा शाहको सम्मानार्थ बिमोचन गरिएको हो । बास नेपाल र दिदी बहिनी समाज बाँकेको सयुंक्त आयोजनामा चर्चित साहित्यकार, गीतकार, रचनाकार दिला शाहको एकल रचना रहेको गीति एल्बम बिमोचन गरिएको हो ।
चर्चित गाएक तथा सगीतकार सागर अधिकारी शरदले सगीत गरेको उक्त एल्बममा तीन वटा गीत समाबेश गरिएको छ भने गीतमा चर्चित गायिका अस्मिता अधिकारी, रचना रिमाल र सागर अधिकारीको रचना रहेको छ ।
तिमिलाई सम्झेको पल, चिन्या छैन जान्या छैन, नजाउ टाढा कतै बोलका तीन ओटा गीत रहेको उक्त एल्बमको प्रज्ञा प्रतिष्ठानका पुर्ब सदस्य सचिब, वरिष्ठ साहित्यकार सनत रेग्मीले बिमोचन गरेका थिए ।
……..
बिमोचन कार्यक्रममा शिक्षाबिद किरण आचार्य, सगीतकार तथा गायक सागर अधिकारी, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, असल शासन मिडियाका प्रबन्ध निर्देशक किरण कार्की, अप्टिमिस्ट क्लब अफ नेपालगन्जका निर्देशक पुर्ण ढकाल, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी लगायत अतिथी रहेको बिमोचन कार्यक्रमको अध्यक्षता दिदि बहिनी समाजकी अध्यक्ष रमा देबी शाहले गरेकी थिईन् ।
कार्यक्रममा तिमिलाई सम्झेको पल गीति एल्बमको श्रव्य दृश्य सार्बजनिक गरिएको थियो । कार्यक्रममा साहित्यकार दिला शाहद्वारा आमा नामक कबिताको श्रव्य दृश्य प्रस्तुत गरिएको थियो भने सङितकार सागर अधिकारीले आफ्नै आवाजमा रहेको नजाउ टाढा गित गाएका थिए ।
५० जना सहभागि रहेको उक्त बिमोचन कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तब्य राखेको कार्यक्रममा एल्बमको उद्देश्यबारे साहित्यकार तथा रचनाकार दिला शाहले प्रष्ट पारेको उक्त कार्यक्रम बास नेपालका कार्यक्रम व्यवस्थापक मन भण्डारीले सन्चालन गरेका थिए । कार्यक्रमको समापन दिदि बहिनि समाज बाँकेकि अध्यक्ष रमादेबि शाहले गरेकी थिईन् ।