एनआरएन अमेरीका निर्वाचन : जित नजिक डा. केशव पौडेल
Saturday, June 24th, 2017, 3:16 am
amit
अष्टिन (टेक्सास) – गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी करिब आधा दर्जनको हाराहारीमा अध्यक्षका आकांक्षी भएपनि जनलहर बर्तमान अध्यक्ष डा. केशव पौडेलको पक्षमा देखिएको छ ।
नेपालमा रहंदा नेपाल बिद्यार्थी संघबाट राजनीति गरेका डा. पौडेललाई आसन्न एनआरएनको निर्वाचनमा जन सम्पर्क समिती अमेरीकाका हस्तिहरुको समेत समर्थन रहेको छ भने तरुण दल अमेरीका पनी डा. पौडेलकै पक्षमा छ । हरेक सप्ताहन्तमा नेपालीहरुले गर्ने कुनै न कुनै कार्यक्रमका लागी अमेरीकाका बिभिन्न शहरहरुमा पुगीरहने डा. पौडेलको अमेरीकाका नेपालीहरुमा अध्यक्षका अन्य आकांक्षीहरु भन्दा बलियो पकड रहेको छ ।
एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी अन्य उम्मेद्वारभन्दा डा. पौडेल नै सक्षम भएकोले आफुहरुको समर्थन पौडेललाई रहेको जन सम्पर्क समिती अमेरीकाका उपसभापती सि पी पौडेलले बताउनुभयो । अमेरीकाका जन सम्पर्क समितीमा आवद्धहरु तथा नेपालमा नेपाली कांग्रेसको राजनिती गरेर हाल अमेरीकामा बसिरहेकाहरु र डा. पौडेलको राजनितीक व्याकग्राउण्ड बुझेकाहरु सबैको डा. केशव पौडेललाई साथ र समर्थन छ जन सम्पर्क समिती अमेरीकाका उपसभापती सिपी पौडेलले भन्नुभयो -“आगामी कार्यकालका लागी पनि डा. पौडेलको जित निश्चित जस्तै छ । ”
सरल स्वभाव र गतिशिल दैनिकी तथा अमेरीकाभरका नेपाली सबैमा सहज पहुंच पुगेकोले पनी डा. पौडेललेको जित स ुनिश्चित रहेको बताइन्छ । आफ्नो व्यक्तिगत प्रयासमा पनि डा. पौडेलको जत्तिकै पहुंच अरु उम्मेद्वारले बनाउन धेरै कसरत गर्नुपर्ने देखिएकोले पनि आगामी अध्यक्षमा डा. पौडेल नै दोहोरीने पक्का रहेको स्रोत बताउंछ ।
बजार चर्चाका हिसावले डा. पौडेल पछि टेक्सास ड्यालसका व्यवसायी गोरी जोशी र रबिना थापाको चर्चा अन्य उम्मेद्धार भन्दा अगाडी आएको छ । अर्को महिना निर्वाचन गराउने तयारीमा रहेको निर्वाचन आयोगले अर्को हप्ता सम्म निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहंदा बिभिन्न पदका आकांक्षीहरुले सामाजिक संजालमा आफ्नो प्रचार प्रसार व्यापक बनाएका छन् ।
अध्यक्षका प्रत्यासी गौरी जोशीले भने आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् उनको प्यानललाई जन सम्पर्क समितीका केही पदाधिकारीको साथ छ भने प्रवासी मंचले समर्थन गरेको छ ।
यसैबीच टेक्सासको अष्टिनबाट अधिकांसको समर्थन डा. पौडेललाई रहेको छ ।