गौरी जोशी समूहको उम्मेदवारी घोषणा
Monday, July 3rd, 2017, 2:14 am
amit
टेक्सस (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आगामी नेतृत्वका लागि उम्मेदवारीको लागि अत्यधिक चर्चामा रहेका गौरी जोशी समूहका घोषणा कार्यक्रम शनिबार ड्यालसमा आयोजना गरियो ।
अमेरिकाका बिभिन्न राज्यहरुबाट गौरी जोशी समूहबाट उम्मेदवारीको चर्चामा रहेका अधिकांश व्यक्तिहरु ड्यालस आएका थिए । शनिबारको यो कार्यक्रमलाई उम्मेदवार घोषणा सभाका रुपमा समेत धेरैले लिएका छन् । परिचयात्मक कार्यक्रममा जोशीले आपूm पद ओगट्नका लागि नभै अमेरिकामा विभाजित नेपाली समुदायलाई एक ढिक्का बनाएर लैजान र समुदायको हितका लागि उम्मेदवार भएको बताए । ‘एनआरएनको सदस्यता लिँदा गर्व लाग्ने अवस्था सिर्जना गर्नेतिर म र मेरो समूहका सदस्यहरुको भावना मिलेर हामी एक भएर जाँदैछौँ,’ उनले भने ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवारहरु उमा थापा, पुरुषोत्तम बोहोरा, सञ्जीब श्रेष्ठ, महासचिवका उम्मेदवार धर्म भट्टराईले गौरी जोशीका एजेण्डासँग आफ्नो एजेण्डा मिलेकोले निर्वाचनमा टीम लिएर सदस्यहरुमाझ जान लागेको उल्लेख गरेका थिए । त्यस अवसरमा बोर्ड अफ डाइरेक्टरका उम्मेदवारहरु सञ्जय थापा, अमृतबाबु कट्टेल, उत्तम लामिछाने, प्रितिसागर खत्री, शशी अधिकारी, सुवर्ण पोखरेल लगायतले एनआरएनलाई राजनीतिमुक्त, हस्तक्षेपमुक्त बनाउन आपूmहरु अघि बढेको बताए ।
त्यस अवसरमा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा जोशी समूहबाट उम्मेदवारका रुपमा प्रस्तावित सत्येन्द्र शाहले समेत आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा एनआरएन आइसिसीका उम्मेदवार बेदराज बस्नेतले समेत आफ्नो उम्मेदवारी विषयमा बोलेका थिए । ड्यालसका प्रवुद्ध नेपालीहरु डा. मुरली अधिकारी, डा. प्रेम अधिकारी, प्रकाश गौतम, विजयराज भट्टराई, यमुना भट्टराई, तारा भुषाल लगायतको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।