खजुरा गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु
Tuesday, January 24th, 2023, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १० माघ
खजुरा गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । सुचना प्रविधी क्षेत्रमा विश्वमा भएका प्रविधिहरुको प्रयोग गर्दै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले हाजिरी लगाएर उक्त प्रविधीको उद्घाटन गरेका थिए । गाउँपालिकाको आफ्नै लगानीमा डिजिटल हाजिरी सिस्टम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । अवको युगमा हाजीरी प्रणालीलाई छिटो छरीतो र भरपर्दो बनाउनु पर्नेमा जोड दिइएको अध्यक्ष विकले बताए ।
अहिले गाउँपालिकामा यो प्रणाली सुरुवात गरेपनि छिट्टै वडाहरुमा पनि बिस्तार गरिने प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले बताए । इन्टरनेटको मध्यम बाट सिधै गाउँपालिकाबाट वडाका कर्मचारी कहाँ कुन अवस्थामा छन् सबै अबलोकन गर्न सकिने सिस्टम बनाउन थालिएको समेत बताए । गाउँपालिका केन्द्र संगै प्रत्येक वडा कार्यालयमा सिसि क्यामरा जडान गरी सेवालाई थप प्रभावकारी बनाउन थालिएको अधिकृत उपाध्यायले बताए ।