एनआरएन अमेरीका : वरिष्ठ उपाध्यक्षका बलिया उम्मेद्धार शुनिल शाह
Monday, July 10th, 2017, 1:41 am
amit
टेक्सास (अमेरीका)- एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी बरिष्ठ उपाध्यक्षमा डालसका चिरपरिचित समाजसेवी तथा व्यवसायी शुनिल शाहले मनोनयन दर्ता गर्नुभएको छ ।
करिब १३ वर्ष अघि नेपालको जनकपुरबाट अमेरीका आएका शाहको नाम अमेरीकी नेपाली माझ नौलो नाम होइन् । सामाजिक कार्यहरुमा खरो रुपमा उत्रने शाह हाल एनआरएन अमेरीकाको सल्लाहकार हुनुहुन्छ ।
प्रवासी नेपालीहरुमा ग्रास लेवल देखी माथिल्लो तहसम्म समस्याका चाङ छन् ती समस्याहरुको समाधान गर्न पहल गर्ने हेतुले एनआरएनको बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिएको हुं शाहले भन्नुभयो – “प्रवासी नेपालीहरुका समस्याको समाधान भयो भने एनआरएनप्रतिको चाख बढ्नेछ ।”
नेपालमा प्रजातान्त्रिक आन्दोलन संगै समाजसेवामा पनि लागेका शाह अमेरीकामा पनि समाजसेवामा सक्रिय हुनुहुन्छ । अमेरीकामा मधेसी एसोसियसन गठन गर्न मुख्य भुमिका खेलेका शाहले प्रवासी नेपालीहरुका समस्या सामाधान नै आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।
प्रवासी नेपाली त्यसमाथी अमेरीकामा बसोबास गर्ने नेपालीहरुका समस्या मैले बुझेको छु शाहले भन्नुभयो- ” समस्या समाधानको बाटो समात्न एनआरएन अमेरीकाको बरिष्ठ उपाध्यक्षको उम्मेद्धार बनेको हुं ।”
बरिष्ठ उपाध्यक्षका लागी सहयोग र समर्थन गर्न शाहले सबै नेपालीहरुमा आग्रह गर्नुभएको छ । सरल जिवनयापन, मृदुभाषी तथा मिलनसार शाह नै बरिष्ठ उपाध्यक्षको बलियो उम्मेद्धार भएको र उहांले बिजय हासिल गर्ने आंकलन गरिएको छ ।