विपन्न बालवालिकालाई शैक्षिक सामाग्री वितरण
Saturday, January 28th, 2023, 8:09 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १४ माघ
समाज सेवामा क्रियाशिल एक संस्थाले डोल्पाका अनाथ गरीव र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहित विद्यालय पोसाक वितरण गरेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको महिला सामुदायिक सेवा समाजको आयोजना तथा सहयोग नेपाल सन्जालको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी नगरपालिका भित्रका ११ वटा वडामा रहेका ३५ जना बालवालिकाहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरिएको हो ।
महिला सामुदायिक सेवा समाजको कार्यालयमा आयोजिक शैक्षिक सामाग्री वितरण कार्यक्रममा बालबालिकालाई सहयोग वितरण गर्दै नगरका उपप्रमुख देवी घर्तिले महिला सुामुदायिक सेवा समाजले समाजमा रहेका अनाथ आर्थिक विपन्न र गरीव बालबालिकालाई विगतका बर्षदेखि आवासिय ब्यवस्थापन लगायत शैक्षिक सामाग्री देखि विद्यालय पोसाक समेतको सहयोग गरेर महत्वपुर्ण मानव धर्मको काम गरेको बताईन ।
कार्यक्रममा महिला सामुदायिक सेवा समाजकी अध्यक्ष दिलमाया विष्टले मानवीय सेवा प्रदान गर्ने उद्ेश्यले सेवा नै ठूलो धर्म हो भन्ने मुल मन्त्र बोकेर २०६४ सालमा संस्था स्थापना गरेर अनाथ गरी र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक विकासको लागि सहयोग गर्न सेवा समाजको मातहतमा रहने गरी अनाथालय समेत स्थापना गरेर शिक्षा प्रदान गर्दै आएको बताइन ।
भविश्यको कर्णदारको रुपमा रहेका तर अवसरको पर्खाईमा रहेका समाजमा पछाडि पारिएका अनाथ गरीव र विपन्न परिवारका बालबालिकालाई सहयोग गर्ने गरी सानो विरुवाको रुपमा आफुले संस्था स्थापना गरेको समेत अध्यक्ष विष्टले जानकारी दिए ।
त्यस्तै गरी त्रिपुरासुन्दरी नगरभित्रका विभिन्न ३५ वटा महिला समुहका पदाधिकारी ३८ वटा विद्यालयमा बालबालिकालाई विद्यालय उत्प्रेरणामुलक कार्यक्रम र विद्यालयलाई कम्प्युटर प्रिन्टर सहितको सहयोग महिला सेवा समाजले गरेको छ ।
संस्थाका संस्थापक सल्लाहाकार दिलबहादुर विष्ट र अध्यक्ष दिलमाय विष्टका आफ्नैसन्तान नभएपनि विभिन्न समुदायमा रहेका बालबालिकाहरुलाई आफ्नै सन्तानको रुपमा संस्था मार्फत शिक्षा प्रदान गर्दै आएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गौरीशंकर उपाध्यायले समेत संस्थाले समाज सेवामा खेलेको भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।