आगामि अगष्ट ११-१२ मा हुन गैरहेको एनआरएनए एनसीसी अमेरिकाको आगामी २०१७/१९ को दुई बर्षे दोस्रो कार्यकालको लागि मैले अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएको व्यहोरा अनुरोध गर्न चाहन्छु।
यो निर्वाचन एनआरएनए एनसीसीहरुको ईतिहासमा सबै भन्दा ठूलो निर्वाचन हुनेछ। अरु देशका तुलनामा युवा अवस्थामै रहेको यो संस्थालाई संस्थागत गरी सवल र स़क्षम बनाउनु तपाई हामी सबैको कर्तव्य हो र आजको आवस्यकता पनि हो। मैले सार्बजनिक तथा व्यक्तिगत रुपमा सम्पुर्ण आकॉक्षीहरुका बीच सहमति र समझदारीको लागि आव्हान गरिसकेको छु र यो अनुरोध पु:न दोहोर्याउन चाहन्छु। आउनुहोस सहमति र सहकार्यका मार्फत एनआरएनए अमेरिकालाई सवल र सक्षम बनाउने प्रयासमा हातेमालो गरौं।
एनआरएनए अमेरिकाको गत २०१५/१७ को दुईबर्षे कार्यकाल उल्लेखनिय एवं ऐतिहासिक रह्यो। हामीले बिगत दुई बर्षमा सम्पन्न गरेका कार्यहरुको सुची यहॉहरु समक्ष प्रस्तुत गरिसकेका छौ। सम्पन्न हुन बाकी कतिपय कामहरु सुरुवात भै सकेका तर केही सम्पन्न हुन बाकी रहेकाले यी सम्पुर्ण काम पूरा गर्नको लागि पनि म दोश्रो कार्यकालको लागि अध्यक्ष पदको प्रत्यासीका रुपमा यहॉहरु समक्ष उभिएको छु।
बिश्वको सबभन्दा ठुलो एनआरएनए अमेरिकालाई नमुना एनआरएनए बनाउने तथा एनआरएन अभियानलाई गतिशिल बनाउदै नयॉ परिवेशमा नयॉ एनआरएन भिजन मेरो प्रमुख लक्ष्य हुनेछ। पहिलो पुस्ताका नेपालीहरुलाई मात्रीभुमिका प्रति अटुट माया जगाई राख्ने तथा नयॉ पुस्तालाई नेपाल प्रतिको असल भावना जगाउदै अमेरिकन मेन स्ट्रिममा प्रवेशका लागि सहजिकरण पनि अर्को महत्वपूर्ण लक्ष्य हो।
सामाजिक सस्थामा आफ्नो क्षमताले भ्याए सम्म योगदान दिन जाने हो । लिन जाने हैन जसको लागि म ब्यक्तिगत , शारीरिक , मानसिक , पारिवारिक र सामाजिक रुपमा तयार छु ।
सस्थालाइ धेरै व्यक्ति र व्यक्तित्वहरुको आबस्यकता विभिन्न रुपमा पर्ने हुदा आउनुहोस आपसि सहयोग र समझदारिको हात अघि बढाऔ । ब्यक्ती भन्दा सस्था र समाज ठूलो हो । सामाजिक एकता र सस्थागत हितको लागि एकताबद्द हौ। बिश्वको सब भन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा बसेर प्रजातन्त्रको मूल्य ,मान्यता र आदर्शलाइ साक्षी राख्दै नेपाली समाजलाई एकताको मालामा समाहित गर्न सहयोगी बनौं।
धन्यवाद, जय एनआरएन!!
डा केशव पौडेल
अध्यक्ष
एनआरएनए अमेरिका
तथा
अध्यक्ष पदको उम्मेद्वार