पत्रकारद्वय मिश्र र थापाकी आमाको निधनमा प्रेस युनियनद्वारा शोक व्यक्त
Monday, January 30th, 2023, 9:04 pm
Kalpristha
कालपृष्ठ समााचारदाता
नेपालगन्ज, १६ माघ
नेपाल प्रेस युनियन बाँकेका केन्द्रिय पार्षद राकेश कुमार मिश्र र नेपाल प्रेस युनियन बाँके शाखाका पुर्वअध्यक्ष एवम सल्लाहकार नरेन्द्र थापाकी आमाको निधन भएको प्रति नेपाल प्रेस युनियन बाँके शाखा शोक व्यक्त गरेको छ । सोमबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाल प्रेस युनियन बाँके शाखा शोक व्यक्त गरेको हो ।
‘यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दछौं ।’– वक्तव्यमा भनिएको छ ।
पत्रकार राकेश कुमार मिश्रकी आमा राजेश्वरी मिश्रको ७१ वर्षको उमेरमा सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो ।
यस्तै पत्रकार नरेन्द्र थापाकी आमा सावित्रीदेवी थापाको समेत सामबारै ८० वर्षको उमेरमा निधन भएको प्रति नेपाल प्रेस युनियन बाँके शाखा शोक व्यक्त गरेको हो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी राजेश्वरी मिश्रको नसा सम्बन्धी समस्याका कारण केही वर्षदेखी उपचार गराउँदै आएकी थिईन् । भने सावित्रीदेवी थापाले भने केही समयदेखी फोक्सो सम्बन्धि रोगको उपचार गराइरहेकी थिईन् ।