पश्चिम नेपालको पर्यटकीय सम्भावना पहिचान गदै सकियो ट्राभल मार्ट
Tuesday, January 31st, 2023, 9:09 pm
Kalpristha
आयोजनाले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठूलो बजारका रुपमा स्थापित नेपालगन्जमात्र नभई पश्चिम नेपाल मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुने उनले बताए ।
सौरभ राना
नेपालगन्ज, १७ माघ
पश्चिम नेपालको पर्यटकीय गन्तब्य प्रचारप्रसारका लागि लक्षित गरी आयोजना गरिएको वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करण सकिएको छ । आमन्त्रित अतिथि, भारतीय पर्यटकहरूको विदाई संगै ट्राभल मार्ट समापन भएको हो ।
आयोजक समितिका सचिव कृष्ण प्रसाद श्रेष्ठका अनुसार सोमबार राती बर्दियाको ठाकुरद्वारामा आयोजित औपचारिक कार्यक्रमका बीच ट्राभल मार्ट समापन भएपनि मंगलबार नेपालगन्जमा आमन्त्रित अतिथि, भारतीय पर्यटकहरूको विदाई संगै पत्रकार सम्मेलन गरि मार्टको समापन गरिएको थियो ।
उनका अनुसार ट्राभल एजेन्टस् अफ इन्डिया (टाई) का पदाधिकारी लगायतका सहभागिहरुले पर्यटनका क्षेत्रमा नेपाल र भारत विचको सम्बन्ध स्थापित गर्न र यस पश्चिम नेपालमा पर्यटनको बढोत्तरीका निमित्त वेष्टर्न ट्राभल मार्टले महत्वपुणर् भुमिका खेल्ने बताएका थिए ।
नेपालगन्जमा आइतबार आयोजना गरिएको औपचारिक विभिन्न कार्यक्रमपछि देशका विभिन्न ठाउँबाट आएका पर्यटन व्यवसायी ट्राभल एजेन्टस् अफ इन्डिया (टाई) का पदाधिकारीहरू सहितका भारतीय टुर अपरेटरहरू बीच बी टुबी’ सत्र गरिएको थियो । सबैभन्दा महत्वपूणर् सत्रका रूपमा आइतबार बी टू बी र सोमबार टाईको विशेष बैठकको आयोजना गरिएको थियो ।
समग्रमा आयोजना सफल भएको आयोजक मूल समितिका संयोजक एवम नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका छन् । संयोजक सिग्देलका अनुसार मंगलबारसम्म टाईका ६६ जना सदस्य र भारतीय पत्रकारहरूलाई फेम टिप अन्तर्गत विभिन्न गन्तव्यहरूसँग परिचित गराउने कार्यक्रम थियो ।
सोमवार विहान मानसरोवर दुरदर्शनका लागि बुद्ध एयरको चार्टर फ्लाइट त्यसतर्फ कैलाश उडान भरेपनि पहिलो पटक गरिएको प्रयास प्रतिकुल मौसमका कारण सफल हुन नसकेको सिग्देलले बताए ।
नेपालको धार्मिक पर्यटनमा निकै ठूलो अर्थ राख्ने मानरोवर दुरदर्शन यात्राको ’माउण्टेन फ्लाइट लाई प्राविधिक अध्ययन गरी अगाडि बढाउने जानकारी दिदै उनले भारतीय पर्यटक लगायत यात्रुहरूले नेपालका विभिन्न पर्यटकीय रूपमा रहेका प्राकृतिक दृश्यहरूको अवलोकन गराउन भने आफुहरु सफल भएको बताए ।
यो आयोजनाले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठूलो बजारका रुपमा स्थापित नेपालगन्जमात्र नभई पश्चिम नेपाल मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुने उनले बताए ।
पश्चिम नेपालका पर्यटकीय महत्वपूणर् गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप-महानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्ंथाहरुको सहकार्यमा दोस्रो संंस्करणको आयोजना गरिएको थियो ।