पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता
Saturday, February 4th, 2023, 3:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ माघ
नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसकाअवसरमा प्रेस चौतारी बाँकेको आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो ।
शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएको छ । बाँकेका क्रियाशिल पत्रकार महिला र होप इन्टरनेशनल एकेडेमी नेपालगन्जका शिक्षिका बिच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा १–० को गोल अन्तरले पत्रकार महिलाको टिम विजयी भएको हो । पत्रकार महिलाका टिमबाट टिम क्याप्टन रेजिना मल्लले १ गोल गरिन् ।
…
प्रतियोगितामा प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, सचिब कमल डाँगी, संस्थापक उपाध्यक्ष शिव डोटेल, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भेषराज बस्नेत, प्रेस चौतारी अनुसाशन आयोगका सदस्य बिष्णु बेल्वासे, प्रेस चौतारी नेपाल निर्वाचन आयोगका सचिब गोबिन्द शर्मा,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, होप इन्टरनेशनल एकेडेमीका प्रिन्सीपल केशभा रेग्मी, बिद्यालयका संस्थापक अध्यक्ष सुरेश गौतम, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा मदिरा व्यावसयिक संघ बाँकेको पहलमा यति ब्रुअरी लिमिटेड र गोर्खा ब्रुअरी प्रा.लि ले पत्रकार महिलाहरुको लागि खेल पोशाक सहयोग गरेको थियो ।