अर्घाखाँची मिलन केन्द्र बाँकेको अध्यक्षमा विष्णु खनाल
Saturday, February 4th, 2023, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ माघ
अर्घाखाँची मिलन केन्द्र बाँकेको अध्यक्षमा विष्णु खनाल निवार्चित भएका छन् । अर्घाखाँची मिलन केन्द्र बाँकेको शनिबार सम्पन्न चौथो अधिवेसनबाट अध्यक्षमा विष्णु खनाल निवार्चित भएका हुन् ।
शनिबार सम्पन्न चौथो अधिवेसनबाट अध्यक्ष सहित १५ सदस्यीय कार्य समिती चयन भएको छ । अर्घाखाँची जन्मस्थान भई बाँके जिल्ला भित्र स्थाई तथा अस्थायी रूपमा बसोवास गरि पेशा, व्यवसाय, अध्ययन एवम् कर्म थलो बनाएकाहरु सो कार्यसमितिमा रहेका छन् ।
सो अवसरमा अध्यक्षको भुमिकामा आफुलाई निर्वाचित गरेकोमा मिलन केन्द्रको सिङ्गो टिम प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित अध्यक्ष खनालले आगामी दिनमा सम्पुर्ण अर्घाखाँची बासीहरुलाई एकीकृत गर्नुका साथै समस्यामा परेकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाए ।
सो अवसरमा संविधान सभा सदस्य देवराज भार, बैजनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जनार्जन पोखरेल, अर्घाखाँची मिलन केन्द्र बाँकेका संरक्षक तथा पुर्व अध्यक्ष प्रभात ठकुरी एवम् निबर्तमान अध्यक्ष हलिम शाह लगायतको सहभागिता रहेको थियो ।