एनआरएन अमेरीका न्युयोर्क च्याप्टर महिला संयोजकमा भण्डारीको पकड बलियो
Thursday, July 20th, 2017, 2:56 am
amit
न्युयोर्क (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा न्युयोर्क च्याप्टरको महिला संयोजकमा मुना भण्डारी (नेहारिका)को पकड बलियो बन्दै गएको छ ।
करिब ३ वर्ष अघि नेपालको ललितपुर सानेपाबाट अमेरीका आएकी नेहारिकालाई व्यवसाय संगसंगै समाजसेवा गर्ने तिब्र इच्छा जागेका कारण एनआरएन अमेरीकाको आसन्न निर्वाचनमा न्युयोर्क च्याप्टरको महिला संयोजक पदमा उम्मेद्धारी दिनुभएको हो ।
अमेरीकामा बसिरहेका नेपाली महिलाहरुको अवस्थालाई अझै माथि उठाएर स्वरोजगार गराउने मेरो मुख्य उद्धेश्य हो नेहारीकाले भन्नुभयो- “समाज सेवा त्यसमा पनि महिलाहरुको शशक्तिकरणका लागी एनआरएनलाई प्लेफर्म बनाएकी छु ।”
अमेरीका जस्तो मुलुकमा रहेर पनि नेपाली महिलाहरुको सहभागीमा कमजोर रहेको बताउंदै नेहारिकाले नेपाली महिलाहरुले नि अवसर पाएमा सबै गर्न सक्छन भन्ने देखाउन पनि आफु एनआरएन मार्फत समाजसेवामा होमिएकोले सबैको साथ र समर्थन बढ्दै गएको बताउनुभयो ।
मेरो व्यवसाय संगसंगै नेपाली महिलाहरुका हितका लागी बिभिन्न एजेण्डा सहित एनआरएन न्युयोर्क च्याप्टरको महिला संयोजक पदमा उम्मेद्धारी दिएको छु उहांले थप्नुभयो – “महिला जागरन नै मुख्य एजेण्डा हो त्यसपछि महिला स्वरोजगारी लाई प्राथमिकता दिनेछु ।”
समाजसेवा प्रतिको लगाव र इच्छा शक्तिका कारण आफु एनआरएन मार्फत अगाडी बढ्न चाहेकोले सबैको साथ सल्लाह र समर्थन चाहिएको उहांले बताउनुभयो । संसारको राजधानी भनेर चिनिने न्युयोर्कमा बसोवास गर्ने नेपाली महिलालाई अझ शशक्त र स्वरोजगारमुखी बनाउने एजेण्डा अघि सारेपछि सबैले साथ दिने अपेक्षा गरेको नेहारीकाको भनाई छ ।
न्युयोर्क रहेर उहांले व्युटीपार्लर व्यवसाय संगै व्युटीसिएनहरुलाई तालिम समेत प्रदान गर्दै आउनुभएको छ ।
आउंदो महिनाको ११ र १२ तारिखमा एनआरएन अमेरीका संगै सबै च्याप्टरको निर्वाचन हुदैछ । न्युयोर्क च्याप्टर बढि मतदाता रहेका शहरहरु मध्येको एक शहर हो ।