थाकलबाट नयाँ व्यवसाय सुरु गरेका लक्ष्मी र गीता
Thursday, February 23rd, 2023, 7:42 pm
Kalpristha
सुरुमा ३–३ केजी थाकलबाट हाते सामाग्री बनाउन थालेका उनीहरु पछिल्लो समय आफ्नो उत्पादनमा गुणस्तर बढाईरहेका छन् । घर–गृहस्थीको काम सम्लाल्दैं दिउँसोको समय र कहिलेकाँही रातिपनि उनीहरु काममा खटिन्छन् ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १० फागुन
नेपालगन्ज–उप–महानगरपालिका वडा नम्बर ४ प्रगतिपथ टोलका लक्ष्मी शाही र गीता शर्मा थाकल व्यवसायी हुन ।
गत जेठमा उनीहरुलाई नेपालगन्ज उप–महानगरपालिकाले उनीहरुलाई हाते सामाग्री बनाउने तालिम दिएको थियो । सोही तालिमबाट थाकल व्यवसायमा लागेका उनीहरु अहिले थाकलबाट बनेका सामाग्रीहरु बनाएर बिक्री गर्ने गर्छन् ।
उनीहरुले महिलाहरुका लागि हाते झोला, टोपी, पुजाको लागि फुल टिप्ने टोकरी, फुलदानी, कलम राख्ने भाँडा लगायतका सामाग्रीहरु उत्पादन गरिरहेका छन् । हातैले निर्माण गरिने यस्ता सामाग्रीहरु बनाउन थाकल(खजुरी) को कलिको गुभा पातको आवश्यक पर्दछ । उनीहरु यसलाई दाङबाट मगाउँछन् ।
सुरुमा ३–३ केजी थाकलबाट हाते सामाग्री बनाउन थालेका उनीहरु पछिल्लो समय आफ्नो उत्पादनमा गुणस्तर बढाईरहेका छन् । घर–गृहस्थीको काम सम्लाल्दैं दिउँसोको समय र कहिलेकाँही रातिपनि उनीहरु काममा खटिन्छन् ।
‘गत जेठमा हो हामीलई नेपालगन्ज उप–महानगरपालिकाले हाते सामाग्री बनाउनका लागि तालिम दिएको । तर, हामीले अरुभन्दा फरक के गर्न सकिन्छ ? भन्ने विषयमा छलफ ग¥यौं र थाकलबाट बनेका सामाग्री बनाउने सल्लाह ग¥यौं ।’– लक्ष्मी शाहीले भनिन् ।
‘यस व्यवसायलाई हामी भरखरै बामे सराउने कोसिस गर्दै छौं । बजारमा अँझै यसको महत्वबारे थाहा छैन । यसर्थ अहिले हाम्रो कमाउने भन्दा पनि आफ्नो उत्पादन चिनाउने हरसम्भव प्रयास गरिरहेका छौं ।’
….
सिप सिकाए अनुरुप नै नगरले बजारीकरण गरिदिन सके आफ्नो उत्पादनको बजारीकरण सहज हुने बताउँछिन् । ‘हामीले सिप त सिक्यौं । तर, हामीलाई आफैले उत्पादन गरेको उत्पादन पनि कसरी बेच्ने भन्ने कुराको ज्ञान नै छैन । हाम्रो सामानले खोजेको भनेकै सहजीकरण हो । जुन हामीलाई कसरी गर्ने भन्ने पटक्कै थाहा छैन ।’–शर्मा भन्छिन् । ‘हामीलाई आफ्नो उत्पादनलाई कसरी बेच्ने भन्ने कुरा सिकाउन पनि जरुरी छ । यसर्थ स्थानिय निकायले यसको पहल थालोस भन्ने अपेक्षा हो ।’
थाकलका व्यवसायमा एक अर्काको छिमेकी समेत रहेका गिता र लक्ष्मीले यसमा राम्रो व्यापार देखेका छन् । यसले उनीहरुलाई यसतर्फ आकर्षित गरेको छ । भने, बजारीकरणमा समस्या देखेर पिर लागेको छ ।
बेला बेलामा बिक्रि नै नभए के गर्ने होला भन्ने पिरले पनि नसताएको होईन । तर, व्यापार–व्यवसाय भनेकै जोखिम मोल्नुपर्ने काम हो, त्यसैले रिस्क लिन सक्नुपर्छ भन्ने लागेर गिता र लक्ष्मी दुवैजना थाकलबाट बनेका सामाग्रीहरुको उत्पादन र व्यापारीकरणमा लागिरहेका छन् ।
पहिले आफन्त र साथीभाईलाई मात्रै बेच्ने उनीहरु विस्तारै उनीहरुले जिल्ला बाहिर धनगढी, दाङ लगायतका जिल्लामा समेत पठाउन थालेका छन् । ‘यसको गज्जबको बजार भनेको विकशित मुलुकमा रहेछ । मैले चार वटा ब्याग दुवै पठाँए । अनि मात्रै त्यहाँको बजारबारे थाहा भो । हाम्रा उत्पादनलाई बाहिर निर्यात गर्नका लागि राज्यले पहल थाल्न जरुरी छ ।’– गिता भन्छिन् ।
राम्रो बजारको व्यवस्था हुनेको भने घरको काम सबै सकेर आफुले महिनामा ५० भन्दा बढी सामाग्रीहरु उत्पादन गर्न सक्ने उनि बताउँछिन् ।
उनीहरुले १५ सय रुपैंयाको ३ किलो थाकल र एक हजार रुपैंयाको सियो धागो लगायतका कच्चा साम्रागी गरि जम्मा २५ सय रुपैयाँको लगानीबाट सुरु गरेका थिए । सुरुआतमा उनीहरुले मासिक करिब ५ हजार जति नाफा कमाए । अहिले त्यो बढने क्रममा छ ।
गत मंगलबार नेपालगन्जमा सम्पन्न भएको महिला उद्यमीहरुको प्रदर्शनी मेलामा उनीहरुले करिब आठ हजार बराबरको व्यापार गरे । जसमा उनीहरुलाई पाँच हजारको नाफा भयो ।
महिला उद्यमीहरुको प्रदर्शनी मेलामा व्यवसायको बजारीकरणका उपाय के–के हुन सक्ने रहेछन् ? भन्ने कुराको सिकाई भएको लक्ष्मी बताउँछिन् ।
….
बेला बेलामा हुने गरेका महिला उद्यमीहरुका उत्पादन राखिएका मेला तथा प्रदर्शनीहरुले नवप्रवेशी महिला उद्यमीहरुलाई प्रोत्साहन हुने र उनीहरुलाई सिकाई समेत हुने महिला उद्यमी महासंघ नेपालका लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा बताउँछिन् ।
‘हामीले आयोजना गर्ने महिला उद्यमीका बस्तु तथा सेवाको प्रदर्शनी तथा सम्मानले नवप्रवेशी प्रोत्साहन त मिल्छ नै । यसका अलावा उनीहरुलाई उद्यमबारे नयाँ आईडिया समेत मिल्ने गर्छ । यस्ता आयोजनाहरुमा कुनै नयाँ उद्यम गर्दा के गर्ने, कसरी गर्ने भन्ने सिकाई हुन्छ’– महिला उद्यमी महासंघ नेपालका लुम्बिनी प्रदेश संयोजक शर्मा भन्छिन् ।
स–सानो व्यवसाय सुरु गरेका व्यवसायीलाई मेला तथा महोत्सवहरुमा स्टलको व्यवस्था गर्ने र उनीहरुको व्यवसाय प्रबद्र्वनमा आफुहरुले सहयोग गर्ने गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका उजिर सिंह बताउँछन् ।
‘हामीले उनीहरुलाई प्रविधि हस्तान्तरणका कुराहरुमा पनि सहयोग गर्दै आएका छौं । यसका साथै राज्यस्तरबाट उनीहरुलाई के–कस्तो सहयोग गर्न सकिन्छ भन्ने कुराको बहस पनि गरिरहेका छौं । जसले भोलिका दिनमा उनिहरुको आवश्यकताका आधारमा सहयोग गर्न सकियोस ।’