एनआरएन अमेरीका गौरी जोशीको उम्मेद्धारी रद्ध, अध्यक्षका लागी ४ जना मैदानमा
Friday, July 21st, 2017, 10:14 am
amit
अमेरीका – गैर आवासीय नेपाली संघ (एनआरएन)अमेरीकाको निर्वाचन समितीले बहुचर्चित अध्यक्षका प्रत्यासी टेक्सासका व्यवसायी गौरी जोशीको उम्मेद्धारी रद्द गर्दै पहिलो चरणका उम्मेद्धारहरुको नामावली प्रकाशित गरेको छ ।
अध्यक्षका लागी योग्यता नपुगेको भन्दै जोशीको उम्मेद्धारी रद्द गर्दै निर्वाचन समितीले अन्य उम्मेद्धारहरुको नामावली प्रकाशित गरेको छ । जोशी अध्यक्षको दोडबाट हटेसंगै अव वर्तमान कार्यसमितीका ४ जना बिच प्रतिस्पर्धा हुने भएको छ ।
अव बर्तमान अध्यक्ष डा. केशव पौडेल सहित बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्षद्धय रबिना थापा र राम सि पोखरेल अध्यक्षको दौडमा छन् । गौरी जोशीलाई अध्यक्षको बलियो उम्मेद्धारको रुपमा हेरिएकोमा अव डा. केशव पौडेल निर्विकल्प अध्यक्षको उममेद्धारको रुपमा दरिनुभएको छ ।
जोशीले आफ्नो प्यानल सहित उम्मेद्धारी दर्ता गर्नुभएको थियो । दुई दिन ढिला गरेर उम्मेद्धारको पहिलो चरणको नामावली प्रकाशन गरिएको हो । अव यही २४ तारिख सम्म उम्मेद्धारी फिर्ता लिन सकिने छ । यस्तै उम्मेद्धारहरुको अन्तिम नामावली यही महिनाको २९ तारिखमा प्रकाशित हुनेछ र अर्को महिना अगष्ट ११ र १२ तारिखमा निर्वाचन हुने कार्यतालिका छ ।
निर्वाचन अन्र्तगत एनआरएन अमेरीकाको लागी २३ पद तथा २६ स्टेट च्याप्टरका लागी प्रत्येकमा ११ पद र ८ आइसीसी सदस्यका लागी मतदान हुनेछ ।