डा. रिजालको मनछुने मर्मस्पर्शी शब्द रहेकोे भिडियो लोकार्पण
Wednesday, September 27th, 2017, 7:24 pm amit
श्रीमान र श्रीमती दुवैलाई कुन समयमा एकअर्काको एकदमै धेरै अभाव महशुस हुन्छ ? यो प्रश्न कसैलाई सोधियो भने उनीहरु यसको उत्तरका लागि अल्मलीन छन् होला । यसको सहि उत्तर हुनसक्छ उमेर ढल्दैगएपछि, छोराछोरी कसैको साथ नभएपछि । यस्तै मर्मस्पर्शी तथा तितो सत्य लाई शब्दमा उतारेका छन् बरिष्ठ चिकित्सक तथा सर्जक डा. भोला रिजालले ।
काठमाडौं धुम्बाराहिस्थित पत्रकार सम्मेलन गर्दै डा. रिजालले उनको आफ्नै युटुब च्यानलमार्फत “उमेर ढल्दै जादा” को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विभिन्न विधाका गीतमा कलम चलाउँदै आएका डा. रिजालको यो गीतको शब्द एकदमै मर्मस्पर्शी र नेपाली समाजमा रहेको यथार्थ घटनालाई उजागर गर्न कुनै न कुनै रुपमा सायद ठुलो भुमिका खेल्नेछ । शब्दमा जति यथार्थ र मिठास जोडिएको छ संगीतमा पनि त्यत्तिकै न्याय गरेका छन् संगीतकार आलोक श्रीले । रामकृष्ण ढकालको स्वर रहेको यो गीतमा अरेन्ज गरेका छन् धीरज श्रेष्ठले । म्युजिक भिडियोमा जीवन्त अभिनय गरेका छन् बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र बसुन्धरा भुसालले भने निर्देशन गरेका छन् सञ्चारकर्मी चन्दा घिमिरेले । त्यसैगरी सम्पादन रहेको छ सुरेन्द्र दाहालको ।